एजेन्सी।पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरैशीले संयुक्त राष्ट्रसंघलाई सूचित गर्दै भारतले काश्मिरमा फेरि कुनै एकतर्फी कदम उठाउन सक्ने बताएका छन्।विदेशमन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘भारतले काश्मिरमा फेरि अवैध एकतर्फी कदम उठाउन सक्छ।फेरि विभाजन र त्यहाँको जनसांख्यिकी बदल्नका लागि जेसुकै गर्न सक्छ।’विदेशमन्त्री कुरैशीले सुरक्षा परिषदका अध्यक्ष र राष्ट्रसंघका महासचिवलाई लेखेको पत्रमा पछिल्लो २२ महिनामा भारतले खुला रुपमा मानवअधिकार उल्लंघन गरेको उल्लेख गरेका छन्।