निर्वाचन आयोगले सञ्चारमाध्यमको अनुगमन गर्ने जिम्मा काउन्सिललाई दिने

काठमाण्डाै - निर्वाचन आयोगले सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रसारण हुने सामग्री आचारसंहिता अनुसार भए–नभएको अनुगमन गर्ने जिम्मा प्रेस काउन्सिललाई दिने भएको छ । यसअघि सेना र प्रहरी समेत सहभागी गराएर प्रेस सेन्टर स्थापना गरेर अनुगमन गर्न लागेको आरोप खेपेको आयोगले अनुगमनका लागि काउन्सिललाई लेखी पठाउने निर्णय गरेको हो । आयोगको हिजो बसेको बैठकले पूर्ण प्रेस स्वतन्त्रता, सञ्चारको हक, सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता, आमसञ्चारसम्बन्धी अन्तर्राष्ट्रिय मूल्य मान्यता समेतलाई सम्मान गर्दै नियमित अनुगमन गर्न काउन्सिललाई लेखी ...

सम्बन्धित सामग्री

आचारसंहिता अनुगमन गर्न अनुसन्धान विभागलाई दिएकोप्रति पत्रकार महासङ्घको असहमति

काठमाडौं, २८ असोज । नेपाल पत्रकार महासङ्घले निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन गर्ने जिम्मेवारी राष्ट्रिय अनुसन्धान विभागलाई दिएकोप्रति असहमति जनाएको छ । महासङ्घले निर्वाचन आचारसंहिताअन्तर्गत पत्रकार तथा सञ्चारमाध्यमका लागि उल्लेख आचारसंहितासमेत पालना भए–नभएको अनुगमन गर्ने जिम्मा आयोगले विभागलाई दिएकोप्रति असहमति जनाएको हो । आचारसंहिताको पालना गरे नगरेको अनुगमन गर्ने काम प्रेस काउन्सिल नेपालले गर्दै आएको […]

गुप्तचरलाई निर्वाचन अनुगमनको जिम्मेवारी दिएकोमा महासंघको आपत्ति

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन गर्ने जिम्मेवारी राष्ट्रिय अनुसन्धान विभागलाई दिएकोप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निर्वाचन आचारसंहिताअन्तर्गत पत्रकार तथा सञ्चारमाध्यमका लागि उल्लेख आचारसंहितासमेत पालना भए/नभएको अनुगमन गर्ने जिम्मा आयोगले विभागलाई दिएकोप्रति महासंघले असहमति जनाएको हो । ‘आचारसंहिताको पालना गरे नगरेको अनुगमन गर्ने काम प्रेस काउन्सिल नेपालले गर्दै आएको छ,’ महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली सञ

चुनावमा मिडिया अनुगमन आयोग आफैले गर्ने

काठमाडौँ – निर्वाचन आयोगले विगतको अभ्यास र स्थापित मान्यताविपरीत चुनावमा मिडियाहरुको अनुमगन आफै गर्ने भएको छ। अघिल्ला निर्वाचनमा मिडियाले निष्पक्ष, स्वच्छ चुनावका लागि खेलेको भूमिकाबारे अनुमगन गर्ने जिम्मा प्रेस काउन्सिललाई दिइए पनि यसपटक आयोगले आफै मिडियामाथि निगरानी गर्ने भएको हो। मिडियाले आचारसंहिता पालना गरे नगरेको विषयमा उजुरी लिने र आवश्यक कारबाही गर्ने अधिकार काउन्सिललाई मात्रै […]

आचारसंहिता कार्यान्वयनमा कडाइ गर्ने जिम्मा सिडिओलाई

काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनमा कडाइ गर्न भन्दै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा आचारसंहिता अनुगमन समिति बनाउने तयारी गरेको छ । यसअघि जिल्ला न्यायाधीश (मुख्य निर्वाचन अधिकृत) लाई यो जिम्मेवारी दिने प्रावधान आचारसंहितामा राखिन्थ्यो । गृह मन्त्रालय मातहत रहने प्रतिअलाई अनुगमनको अधिकार सुम्पिँदा सत्तारूढ दलले फाइदा उठाउन सक्ने भन्दै आशङ्का उब्जिएको छ । मुख्य निर्वाचन अधिकृतलाई यो अधिकार […]

आचारसंहिता कार्यान्वयनको जिम्मा ‘सीडीओलाई’

निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनमा कडाइ गर्न भन्दै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा आचारसंहिता अनुगमन समिति बनाउने तयारी गरेको छ । यसअघि जिल्ला न्यायाधीश (मुख्य निर्वाचन अधिकृत) लाई यो जिम्मेवारी दिने प्रावधान आचारसंहितामा राखिन्थ्यो । गृह मन्त्रालयमातहत रहने प्रजिअलाई अनुगमनको अधिकार सुम्पिँदा सत्तारूढ दलले फाइदा उठाउन सक्ने भन्दै आशंका उब्जिएको छ ।