काठमाडौं : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तत्कालै भूकम्प प्रभावित विद्यालयहरूमा पाठ्यपुस्तक उपलब्ध गराउने जनाएको छ।भूकम्पबाट पुरिएका पाठ्यपुस्तकको विवरण आएपछि सम्बन्धित ठाउँमा तत्कालै पाठ्यपुस्तक पुर्याउने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले प्रतिबद्धता जनाए।विकास केन्द्रसँग आवश्यक पुस्तक रहेको भन्दै यसमा कुनै समस्या नपर्ने उनको भनाइ छ। ‘हामीले के-कति पाठ्यपुस्तकमा क्षति पुग्यो भनी विवरण प्रदेश सरकार र स्थानीय तहलाई मागेका छौँ, उपलब्ध