काठमाडौँ- नेपाली कांग्रेसका सांसद डा.मिनेन्द्र रिजालले नेपाली कांग्रेसका संस्थापक तथा पूर्व सभापति बिपी कोइरालालाई नेपालको संसदले सम्झिनुपर्ने बताएका छन्। शुक्रबारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद रिजालले आज बिपी कोइरालाको स्मृति दिवस भएको र विपी नेपालको पहिलो संसदको नेता भएकाले उनलाई संसदले स्मरण गर्नुपर्ने बताए। बिपीले राजासँग लड्दा अथवा राजासँग मिलापको बाटो खोज्दा […]