काठमाडौँ- सर्वोच्च अदालतले पुनर्स्थापना गरेको प्रतिनिधिसभाको पहिलो बैठक अध्यादेश प्रस्तुत तथा पूर्व तथा बहालवाला सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गरेर सकिएको छ। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सकिएको र अर्को बैठक १५ मिनेटपछि बस्ने सूचना पढेर सुनाएका थिए। प्रतिनिधिसभाको आइतबार साँझ नै बस्ने अर्को बैठक प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो विश्वासको परीक्षण गर्ने कार्यक्रम छ।