यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता : वाग्मतीको झिनो आस

वाग्मती प्रदेशले मंगलबार कर्णाली प्रदेशमाथि १ विकेटको रोमाञ्चक जित हात पार्दै वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गर्ने झिनो आस कायमै राखेको छ । मूलपानी क्रिकेट मैदानमा ७९ रनको विजय लक्ष्य पाएको वाग्मतीका लागि गौतम केसीले छक्का प्रहार गर्दै जित दिलाए ।

सम्बन्धित सामग्री

यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता : प्रतिभा देखाउने थलो

६ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबारदेखि सुरु हुने यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सबै तयारी पूरा भएको जनाएको छ । क्यानले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी र पुरस्कारको बारेमा जानकारी गराएको हो । क्यानका कार्यबाहक सचिव प्रशान्त बिक्रम मल्लले प्रतियोगिताको तयारी पूरा भएको बताउँदै क्यानले उमेर समूहको क्रिकेटलाई पनि प्राथमिकतामा […]

एलपीएलको सातौं संस्करण कात्तिकमा

३१ असार, काठमाडौं । विद्यालयस्तरीय यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को सातौं संस्करण कात्तिक १३ देखि २६ गते सम्म धनगढीमा हुने भएको छ । प्रतियोगितामा यो संस्करणमा देशभरका १० विद्यालय टिमको सहभागिता रहनेछ । सहभागी प्रत्येक टिमले ४ जना अन्डर-१९ राष्ट्रिय टिमका खेलाडीहरु समाबेश गर्न पाउनेछन्। लिगको गत संसकरणमा अन्डर-१९ राष्ट्रिय टिमका […]

आत्मविश्वास र स्तरीय ड्राइभका पर्याय देव

भुपेन्द्र जिसी, काठमाडौं यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि लुम्बिनी प्रदेशलाई जिताउन ओपनर देव खनालले उत्कृष्ट प्रदर्शन र कप्तानी गरे । प्रतियोगिता कै उत्कृष्ट ब्याटर देवले ७ खेलमा ४ अर्धशतकसहित ३ सय ३४ रन बनाउँदै शीर्षस्थानमा रहे । अग्लो कदका देवको ब्याटिङ स्टान्स देखि सट खेल्ने प्रक्रियाले जो कोहीलाई पनि प्रभावित गर्छ । विश्वस्तरिय ब्याटिङ क्लास, […]

हसन सर्वोत्कृष्ट, देव उत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशका तीव्र गतिका बलर मोहम्मद हसन यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द सिरिज) र उत्कृष्ट बलर घोषित भएका छन् । लुम्बिनीका कप्तान देव खनाल प्रतियोगिताकै उत्कृष्ट ब्याटर चुनिए । प्रतियोगितामा लुम्बिनीलाई च्याम्पियन बनाउन यी दुई खेलाडीको प्रर्दशन महत्वपूर्ण थियो । मोहम्मद हसनले ७ खेलमा २१ विकेट लिदै […]

फाइनलमा लुम्बिनी र सुदुरपश्चिम भिड्दै

काठमाडौं, १९ मंसिर । वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगतको फाइनल खेल अहिले चलिरहेको छ । क्रितिपुर स्थित टियू क्रिकेट मैदानमा भइरहेको फाइनल खेलमा लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशबीच प्रतिष्पर्धा भइरहेको छ । बिहान ९ बजेबाट सुरु भएको खेलमा अहिले लुम्बिनीले व्यटिङ गरिरहेको छ । सुदुरपश्चिमले टस जित्दै लुम्बिनीलाई व्याटिङको निम्तो दिएको थियो । ३१ […]

यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता: सुदूरपश्चिम प्रदेशको सान

हेमन्त धामीको सानदार बलिङमा सुदूरपश्चिम प्रदेशले वाग्मती प्रदेशलाई निर्णायक खेलमा ८ विकेटले पराजित गर्दै वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता फाइनल सुरक्षित गरेको छ । सुदूरपश्चिमले आइतबार हुने फाइनलमा लुम्बिनी प्रदेशको सामना गर्नेछ ।

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता : लुम्बिनीमाथि कर्णालीको फराकिलो जित

कर्णाली प्रदेशले लुम्बनी प्रेदशलाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा एक सय ४० रनको फराकिलो अन्तरले हराएको छ । योसँगै लुम्बिनीले दुई खेलमा पहिलो हारको सामना गरेको हो । कर्णालीले आफ्नो पहिलो...

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता : सुदूरपश्चिमको टोली घोषणा

वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ ।  खडकबहादुर बोहराको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो ।  सुदूरपश्चिम प्रदेश क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार टोलीका अन्य खेलाडीमा नारायण जोशी ९उपकप्तान०, अर्जुन साउँद (विकेटकिपर), नरेन भट्ट, गजेन्द्र बोहरा, शेर मल्ल, नरेन्द्र साउँद, लोकेश बम, राहुल भण्डारी, कैलाश ऐर, हेमन्त धामी, आकाश चन्द, दिपक टमटा र वसन्त कार्की  रहेका छन् । यस्तै अर्जनसिंह साउँद, अनुराग सिं

वाई वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता मंसिर ४ गतेदेखि

११ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजना तथा चौधरी ग्रुपको प्रायोजनमा वाई वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी मंसिर पहिलो साता शुरु हुने भएको छ । क्यानले बिहीबार सबै प्रादेशिक क्रिकेट संघलाई पत्र लेख्दै मंसिर ४ गतेदेखि यू-१९ प्रतियोगिता हुने र त्यसका लागि प्रादेशिक प्रतियोगिता गर्न भनेको छ । क्यानले कात्तिक १९ गतेभित्र […]