एशियन लाइफ इन्स्योरेन्सले माग्यो १० जना कर्मचारी, कम्प्यूटर चलाउने सिप भएकालाई प्राथमिकता

वैशाख २६, काठमाडौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले प्रशिक्षार्थी सहायक पदका लागि उम्मेदवार माग गरेको छ । कम्पनीले प्रशिक्षार्थी सहायक पदका लागि १० जना कर्मचारी माग गरेको हो ।काठमाडौं उपत्यका भित्रका लागि आवश्यक भएकाले यहि वैशाख ३१ गतेसम्म कम्प्यूटर चलाउने सिप भएका व्यक्तिहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । आवेदकले आवेदन दिनको लागि आफ्नो बायोडाटा, नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो, शैक्षिक प्रमाणपत्रहरू, अनुभवको प्रमाणपत्र कम्पनीको ईमेल आईडीमा पठाउन सक्नेछन् ।

सम्बन्धित सामग्री

एशियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी बापत एक करोड २ लाख ५६ हजार ५७५ भुक्तानी गरेको छ । बीमित हजरा खातुनको पति नाथु देवानलाई कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपककुमार श्रेष्ठले मृत्यु दाबीवापतको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, डेप्युटी मार्केटिङ हेड विजय पराजुली, कम्पनी सचिव प्रकाश सिंह कठायत, […]

एशियन लाइफले ८.५ प्रतिशत बोनस सेयर दिने

३० फागुन, काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ८.९४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ३० फागुन मंगलबार बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले चुक्ता पूँजी २ अर्ब ९० करोड ८१ लाख ११ हजार ०७५ रुपैयाँको ८.५ प्रतिशत बोनस सेयर […]

सबैको लघुवित्त र एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

चैत १३, काठमाडौं । आइतवार नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।  सबैको लघुवित्त वित्तीय संस्था र एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । सबैको लघुवित्तको ६ लाख ३९ हजार ७२७ दशमलव ५० कित्ता र एशियन लाइफ इन्स्योरेन्सको ५२ लाख ९० हजार  ७४२ दशमलव ७२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।  अब यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । सबैको लघुवित्तले पुस ३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३१ दशमलव शून्य ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी एशियन लाइफ इन्स्योरेन्सले माघ २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

एशियन लाइफ इन्स्योरेन्सको लाभांश स्वीकृत

बीमा समितिले एशियन लाइफ इन्स्योरेन्स Asian Life Insurance Company  को लाभांश स्वीकृत गरेको छ । पुस २५ गते बीमा समितिले कम्पनीको आर्थिक वर्ष ७६/७७ को वित्तीय विवरण तथा प्रस्तावित लाभांश स्वीकृत गरेको कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष ७६/७७ सम्मको संचिति मुनाफाबाट हाल कायम चुक्तापूंजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि २ प्रतिशत नगद लाभांश गरि कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पूँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ ।

एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

एशियन लाइफ इन्स्योरेन्स Asian Life Insurance Company  ले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार साँझ बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ सम्मको संचिति मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्तापूंजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि २ प्रतिशत नगद लाभांश गरि कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पूँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ ।

एशियन लाइफ इन्स्योरेन्सद्धारा कर्मचारीको माग

काठमाडौं, २८ कात्तिक । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरको लागि ५ जना कर्मचारीको माग गरेको छ । उपत्यका भित्रका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । कम्पनीमा आवेदन दिनको लागि स्नातकोत्तर गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्ष काम गरेको हुनुपर्ने जनाएको छ । मंसिर ४ […]

एशियन लाइफ इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्सको साधारण सभा आइतवार

साउन २९, काठमाडौं । आइतवार दुई ओटा कम्पनीको साधारण सभा हुँदैछ । एशियन लाइफ इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्सले साधारण सभा गर्न लागेको हुन् ।  एशियन लाइफ इन्स्योरेन्सले आइतवार होटल क्लासिक सिमरा, बारामा बिहान ११:३० बजे सभा गर्ने जानकारी गराएको छ । सभाले कम्पनीको पूँजी संरचनामा रहेको संस्थापक र सर्वसाधारण शेयर समूहको विद्यमान ७०:३० अनुपातलाई ६० प्रतिशत संस्थापक र ४० प्रतिशत सर्वसाधारण शेयरमा परिणत गर्न प्रबन्धपत्रको दफा ६ संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।  साथै, कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐन २०६३ को दफा १०५ उपदफा १ (ग) ले निर्धारण गरेको सीमाभन्दा बढी भएको खर्च रकमलाई अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।  साथै, आव २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्नेछ र संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्ने र एक जना स्वतन्त्र विज्ञ सञ्चालक मनोनित गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका साउन १७ गते बन्द भएको छ । साउन १३ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन पाउनेछन् ।  त्यसैगरी, यूनाइटेड इन्स्योरेन्स सभा बिहान ११ः३० बजे भर्चुअल माध्यमबाट गर्ने जानकारी गराएको छ । सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्त गर्ने निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले कुनै लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन ।

राष्ट्रिय वाणिज्य बैंकद्वारा क्रेडिट कार्ड सेवाको सुरूवात

राष्ट्रिय वाणिज्य बैंकले ग्राहकहरुको चाहना र बढ्दो जोखिमलाई न्यूनिकरण गर्न क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरेका हुन् । समारोहमा बैंक सञ्चालक समितिका अध्यक्ष पुडासैनीले ग्राहकको चाहना अनुसार नयाँ–नयाँ […]