प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरू भएको छ ।
बैठकले संसद अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
संवैधानिक प्रावधान अनुसार जेठ १५ गते प्रतिनिधि सभामा बजेट पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।
मन्त्रिपरिषद् बैठकअघि नेकपा एमालेको स्थायी कमिटी बैठकमा संसद अधिवेशनबारे छलफल भएको थियो ।