काठमाण्डाै – चैत १५ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टा मात्रै सञ्चालन हुने भएको छ । अहिले २१ घण्टा सञ्चालन हुँदै आएको विमानस्थल २८ मार्च अर्थात् चैत १५ गतेदेखि १८ घण्टा मात्रै सञ्चालन हुने विमानस्थल कार्यालयले जनाएको छ ।अहिले विमानस्थल बिहान ६ बजेदेखि अर्को दिन बिहान तीन बजेसम्म सञ्चालन हुँदै आएको छ । अब बिहान ६ बजेदेखि राति १२ बजेसम्म मात्रै विमानस्थल सञ्चालन हुनेछ । विमान र यात्रुको सङ्ख्या कम भएको, कोरोनाका कारण आम्दानीमा कमी आएको र सञ्चालन खर्च धेरै रहेकाले विमानस्थल सञ्चालनको ...