सरकारकै समन्वयमा अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को परियोजना मंगलबार अर्थात असार १६ देखि सुरु गर्ने घोषणा गरेको थियो । परियोजनाअन्तर्गत ऊर्जा र सडक परियोजनाको निर्माण सुरु हुने भए पनि हालसम्म संसद्बाट अनुमोदन नभइसकेकाले तोकिएको समयमा सुरु नहुने निश्चित भएको छ । यससँगै परियोजना अब कसरी अघि बढ्छ भन्ने अन्योल बढेको छ ।
एमसीसी कार्यान्वयन गर्न गठित मिलेनियम कर्पोरेसन एकाउण्ट (एमसीए) नेपाल पनि अन्योलमा छ । एमसीए नेपालका प्रमुख कार्यकारी अधिकृत खड्गबहादुर विष्ट कोरोना महामारीपछिको अवस्था र संसद्बाट अनुमोदन लगायतका केही प्रक्रिया बाँकी रहेकोले घोषणा गरिएको मितिबाट निर्माण नै सुरु हुन नहुन नसक्ने अवस्था रहेको बताउँछन् ।