बढ्यो डण्डी र सिमेन्टको मूल्य

पछिल्लो एक महिनामा निर्माणका लागि अति आवश्यक डण्डी र सिमेन्टको भाउ वृद्धि भएको छ । भारत र चीनलगायतबाट आयात हुने कच्चा पदार्थ महँगिएका कारण देखाउँदै व्यापारीले यी वस्तुमध्ये डण्डीमा प्रतिकेजी सातदेखि आठ रुपियाँसम्म र सिमेन्टमा प्रतिबोरा २० देखि ५० रुपियाँसम्म मूल्य वृद्धि गरेको पाइएको छ । प्रायः सबै ब्रान्डका डण्डी र सिमेन्टले यो मूल्य बढाएका छन् ।

सम्बन्धित सामग्री

उद्योगमा लोडसेडिङः ५० प्रतिशतले घट्यो उत्पादन, डण्डीको भाउले रेकर्ड तोड्यो

औद्योगिक करिडोरमा अघोषित लोडसेडिङ हुँदा ठूला उद्योगहरु थला परेका छन् । विद्युत प्राधिकरणले दैनिक २२ करोड रुपैयाँ जोगाउन खोज्दा औद्योगिक क्षेत्रको १० अर्ब नोक्सान भईरहेको छ ।यति मात्रै नभई, आत्मनिर्भर भईसकेको सिमेन्ट उद्योगले पनि माग अनुसार उत्पादन गर्न पाएका छैनन् । निर्माणको सिजनमै मूल्य वृद्धिका कारण माग कम भएकै अवस्था छ । तर, नियमित विद्युतको आपुर्ति नहुँदा त्यहीँ कम माग पनि पुर्ति गर्न उद्योगहरुलाई सकस परेको छ ।सिमेन्ट र फलामे डण्डी उद्योगहरुले उत्पादन कटौती गर्नुपर्दा माग गरेका निर्माण व्यवसायी तथा आयोजनाहरु रित्तै फर्किनु परेको छ ।नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष विष्णु अग्रवाल झ्याप्प झ्याप्प बिजुली जाँदा र आधा दिन (१२ घण्टा) अघोषित लोडसेडिङ हुँदा उत्पादन लागत बढेको बताएका छन् । एकातिर क्षमता बिजुली जाने आउने ठेगान नहुँदा मेशिन तथा उपकरण नै बिग्रने जोखिम रहेको र अर्कोतिर विद्युत आपुर्ति कम हुँदा क्षमताको आधा पनि उत्पादन गर्न नसकिएकाले औद्योगिक क्षेत्र समस्यामा परेको उनको भनाई छ ।नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापा उद्योगहरुमा दैनिक १२ घण्टा लोडसेडिङ भईरहेको तर घोषित तालिका नपाएको बताउँछन् । विकास निर्माणको सिजनमै उर्जा अभावको समस्याले उद्योगहरु धाराशायी बनेको थापाको भनाई छ । सबैजसो सिमेन्ट उद्योगहरुले अहिले उत्पादन ४० प्रतिशतको हाराहारीमा झारेका छन् ।सौरभ समूहका अध्यक्ष विष्णु न्यौपानेले पनि उर्जा अभावले उद्योगहरु समस्यामा परेको बताएका छन् । प्राधिकरणले उद्योग उद्योगमा पुगेर दिन्छु भनेर कबुल गरेको बिजुली जतिसुकै महँगोमा भएपनि किनेर दिनुपर्ने उनको भनाई छ । मूल्य बढ्योऔद्योगिक कच्चा पदार्थको मूल्य बढेको भन्दै सिमेन्ट र डण्डीको भाउ पनि अचाक्ली बढेको छ । सिमेन्टभन्दा पनि फलामे डण्डीको मूल्य २ महिनामा झण्डै सत् प्रतिशतले बढेको छ ।डण्डीको भाउ प्रतिकिलो १३५ रुपैयाँबाट पनि उकालो लाग्ने तर्खरमा छ । यसअघि प्रतिकिलो ७५ देखि ८१ रुपैयाँसम्म रहेको डण्डी अहिले प्रतिकिलो ५६ रुपैयाँभन्दा बढीले बढिसकेको छ । डण्डीको भाउ यति महँगो भएको इतिहासकै पहिलो पटक हो ।ओपीसी र पीपीसी सिमेन्टको मूल्य प्रतिबोरा ३० रुपैयाँले बढिसकेको छ । औसतमा ओपीसी सिमेन्ट प्रतिबोरा ६४० रुपैयाँ र पीपीसी सिमेन्ट प्रतिबोरा ५४० पुगेको छ । बिजुलीको महसुल नबढे पनि डिजेलको मूल्य बढेकाले सिमेन्टको मूल्य बढेको उद्योगीहरुले जनाएका छन् ।

तरलता अभावको असरः ५० प्रतिशतले घट्यो निर्माण सामग्रीको बिक्री

बैंकहरुमा देखिएको तरलता अभावको प्रभाव निर्माण क्षेत्रमा परेको छ । एकातिर तरलता अभाव र अर्कोतिर अर्थ मन्त्रालयले विकास बजेट खर्च गर्न नसकी थुपार्दा त्यसको प्रत्यक्ष प्रभाव निर्माण क्षेत्रमा परेको हो ।अहिले निर्माणको सिजन भएपनि निर्माण सामग्रीहरुको खपत भने ह्वात्तै घटेको छ । व्यक्तिगत आवासीय भवन, व्यावसायिक कम्प्लेक्स तथा विकासे आयोजनाहरूको निर्माण सुस्त हुँदा निर्माण सामग्रीको बिक्रि ५० प्रतिशतले घटेको छ । उत्पादनको आधा मात्रै बिक्रिअहिले बजारमा सिमेन्ट र फलामे डण्डीको माग अत्यन्त कम छ । उद्योगहरुले उत्पादनको ५० प्रतिशत मात्रै बिक्रि गर्न सकिरहेका छन् । नेपाल स्टिल बिलेट उत्पादक संघका अध्यक्षसमेत रहेका डण्डी उद्योगी विष्णु न्यौपानेका अनुसार अहिले उद्योगीहरुले मूल्य घटाएर घाटामा बस्तु बेच्नु परेको छ । माग घटेपछि मूल्य निरन्तर घटिरहेको उनको भनाई छ ।उद्योगीहरुका अनुसार अहिले ओपीसी सिमेन्टको मूल्य बोरामा ५० रुपैयाँसम्म घटेको छ । फलामे डण्डीको भाउ पनि किलोमा ५ रुपैयाँले घटेको छ । कति छ मूल्य ?नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाका अनुसार सिमेन्टको मूल्य बोरामा ७ प्रतिशतसम्म घटिसकेको छ । यो क्रम अझै जारी रहने उनको भनाई छ ।काठमाडौँमा ओपीसी सिमेन्टको मूल्य ६७५ रुपैयाँमा आईपुगेको छ । पीपीसी सिमेन्टको उपभोक्ता मूल्य पनि ५७५ रुपैयाँ प्रतिबोराको वरीपरी छ ।प्रतिकिलो ११३ रुपैयाँसम्म पुगेको फलामे डण्डीको मूल्य अहिले घटेर ९७ देखि १ सय रुपैयाँको वरपर झरेको छ । सिजनमै किन खुम्चियो मागअहिले बैंकहरुमा तरलता अभाव छ । कुल खपत हुने निर्माण सामग्रीमध्ये ३० प्रतिशत मात्रै विकास आयोजनामा खपत हुन्छ । बाँकी ७० प्रतिशत व्यक्तिगत आवासी घर तथा व्यवसायिक भवनको निर्माणमा खपत हुने गर्दछ ।तर, अहिले व्यक्तिगत घर र कमर्सियल भवनहरु बन्न सकेका छैनन् । व्यक्तिगत घर र कमर्सियल भवन बनाउन बैंकहरुबाट ऋण पाउन सकिने अवस्था छैन । ऋण नपाएकाले मानिसहरुले घर बनाउन सक्ने अवस्था छैन ।विकास आयोजनाको काम पनि सुस्त गतीमा चलिरहेका छन् । जसका कारण निर्माण सामग्रीको बिक्रि आधाले घटेको छ ।

निर्माणको सिजनमै सस्तियो सिमेन्ट र फलामे डण्डी

निर्माणको सिजनमै सिमेन्टको भाउ ओरालो लागेको छ । सिमेन्टको भाउ प्रतिबोरा (५० किलो) ३५ देखि ४० रुपैयाँसम्म घटेको उत्पादकहरु बताउँछन् । मंसिर लाग्ना साथ नै सिमेन्टको भाउ घटेको उत्पादहरुको भनाई छ । यसअघि पनि खासै मूल्य नबढेको सिमेन्टको भाउ अहिले प्रतिबोरा ४० रुपैयाँसम्म घटेको छ । सिमेन्टसँगै निर्माणका काममा अधिक प्रयोग हुने फलामे डण्डीको भाउ पनि घटेको छ । डण्डीको भाउ एक किलोमा १२ रुपैयाँसम्म घटेको उद्योगीहरुको दाबी छ । यद्यपी, ‘प्राइमरी विलेट’ आयात गरेर डण्डी बनाउने उद्योगहरुले भने मूल्य घटाउन नसकिएको बताएका छन् ।कारण के ?अन्तराष्ट्रिय बजारमा कोरोना भाइरसको अर्को लहर फैलिन सुरु गरेको भन्दै त्रास छ । सँगै क्रुड आयल र कोइलाको मूल्य घट्न थालेको छ । जसका कारण नेपालमा सिमेन्ट सस्तिएको हो । अहिले नेपाली बजारमा ओपीसी सिमेन्टको उपभोक्ता मूल्य प्रतिबोरा ६९० रुपैयाँदेखि ७१० रुपैयाँसम्म रहेको छ । पीपीसी सिमेन्टको मूल्य प्रतिबोरा ५९० रुपैयाँदेखि ६१० रुपैयाँसम्म छ ।यसअघि ओपीसी सिमेन्टको मूल्य ७५० रुपैयाँसम्म र पीपीसी सिमेन्टको मूल्य ६५० रुपैयाँसम्म पुगेको थियो ।सिजनमै मूल्य घट्नु सकारात्मक भएको निर्माण व्यवसायीहरुले बताएका छन् । डण्डीको भाउ पनि घट्योडण्डीको मूल्य पनि प्रतिकिलो १२ रुपैयाँले घटेको छ । अहिले बिलेटको मूल्य घटेर जेठकै समयको हाराहारीमा झरेका कारण डण्डीको भाउ घटेको नेपाल स्टिल बिलेट उत्पादक संघका प्रतिनिधिहरु बताउँछन् । अन्तराष्ट्रिय बजारमा बिलेटको भाउ घट्दा नेपालमा डण्डीको मूल्य ओरालो लागेको उद्योगीहरुको भनाई छ । अहिले बजारमा ब्राण्ड अनुसार प्रतिकिलो ९५ रुपैयाँदेखि १०५ रुपैयाँसम्ममा डण्डी पाउन थालिएको छ । यसमा ढुवानी खर्च, भ्याट, नाफा सबै मूल्य जोडिएको छ ।यसअघि (कार्तिक भरीसम्म) डण्डीको भाउ किलोको १०५ देखि ११५ रुपैयाँसम्म पुगेको थियो ।

लक्ष्मी र श्री स्टिलले फलामे डण्डीको मूल्य घटाए

व्यवसायीले आफूखुशी बढाएको फलामे डण्डीको मूल्य घट्न थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको निर्देशनपछि दुई उद्योगले प्रतिकिलो रु चार-चार मूल्य घटाएका हुन् ।           लक्ष्मी स्टिल र श्री स्टिलले साविकको खुद्रा मूल्यमा उक्त रकम घटाएर नयाँ मूल्य रु ७७ कायम गरेका छन् । यसअघि उक्त दुई उद्योगले रु ८१ (भ्याट बाहेक) लिँदै आएका थिए । फलामे डण्डीको मूल्य बढाएको भन्दै उपभोक्ताले गुनासो गरेपछि विभागले डण्डी व्यवसायीसँग प्रारम्भिक रुपमा छलफल गरेको थियो । उक्त छलफलपछि दुई उद्योगले मूल्य घटाएको जानकारी आएको विभागका प्रवक्ता शिवराज सेढाइँले जानकारी दिनुभयो ।          “हामीसँग दुई उद्योगको मात्र मूल्य घटाएको जानकारी आएको छ, अन्य उद्योगली घटाउँछौँ भन्नुभएको छ तर घटायौँ भनेर नयाँ मूल्य आएको छैन”, उहाँले भन्नुभयो । हाल बजारमा कम्पनी अनुसार फलामे डण्डीको बजार मूल्य फरक÷फरक रहेको छ । कोरोना महामारीका कारण लामो समयसम्म बन्द भएको निर्माण कार्य शुरु हुनै लाग्दा व्यवसायीले आफूखुशी फलामे डण्डी र सिमेन्टको मूल्य बढाएको भन्दै विभागमा गुनासो आउने गरेको थियो ।

निर्माण सामग्रीको मूल्य अस्वाभाविक बृद्धि

निर्वाचनपछि बजारमा माग बढ्न थालेको मौका छोपेर उद्योगी व्यवसायीले सिमेन्ट र डण्डी लगायतका निर्माण सामग्रीमा मूल्य वृद्धि गरेका छन्। सिमेन्टको मूल्य प्रतिबोरा एक सय रुपैयाँसम्म वढाइएको छ। डण्डीको मूल्य प्रतिक्वीन्टल पाँच सय रुपैयाँसम्म वढाइएको खबर सन्तोष न्यौपानेले आजको नागरिक दैनिकमा लेखेका छन्। इन्धनको मूल्य नवढे पनि यहि मौकामा ट्रक व्यवसायीले समेत भाडा ह्वात्तै वढाएका छन्। नेपाल…