ललितकला पुरस्कार–२०७८ बाट कलाकार आलोक गुरुङलाई पुरस्कृत गरिने भएको छ। कलाकार दुर्गा बराल वात्स्यायनद्वारा स्थापित तथा पोखरेली युवा सांस्कृतिक परिवारद्वारा सञ्चालित उक्त पुरस्कार यस वर्ष कलाकार गुरुङलाई प्रदान गर्न थालिएको हो।...
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा नेपाली चित्रकलाका सशक्त हस्ती वरिष्ठ चित्रकार कान्छाकुमार(केके) कर्माचार्यले आफ्नै नाममा ‘केके बालवाङ्मय कला साधना सम्मान’ पुरस्कारको घोषणा गर्नुभएको छ । सो पुरस्कार चित्रकला क्षेत्रमा साधना गर्ने साधकलाई सम्मान गर्न स्थापना गर्नुभएको हो । आइतबार आफ्नै निवासमा आयोजित कार्यक्रममा उहाँले सो पुरस्कार बाल साहित्यको क्षेत्रमा सक्रिय रहेको बालवाङ्मय तथा अनुसन्धान …
काठमाडौं : गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’मा पत्रकार नारायण ढुंगानालाई २५ हजार राशीको राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।प्रदर्शनीको उद्घाटनका क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले उनलाई उक्त पुरस्कार प्रदान गरेका हुन्। पत्रकार ढुगाना राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत छन्।ललितकला क्षेत्रमा योगदान पुर्याएका पत्रकारहरूमध्येबाट उनलाई छनोट गरी पुरस्कार प्रदान गरिएको नेपाल ललितकला प्रज्ञा
बालवाङ्मय तथा अनुसन्धान केन्द्रले वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरलाई साहित्य सृष्टि बालवाङ्मय साधना सम्मान र सुश्री अनुज्ञा नेपाललाई राकुपा बालवाङ्मय बालप्रतिभा पुरस्कार प्रदान गरेको छ । थाहा पुस्तकालय मीनभवनमा आयोजित कार्यक्रमका प्रमुख अतिथि केके कर्माचार्यले पुरस्कृतद्वयलाई पुरस्कार र सम्मानपत्र प्रदान गरेका थिए । साहित्य सृष्टि बालवाङ्मय साधना सम्मान रु. २५ हजार र राकुपा बालवाङ्मय बालप्रतिभा पुरस्कार १० हजार रहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका क
काठमाडौं । राजधानीका फोटो पत्रकार सत्यन श्रेष्ठ फोटो प्रतियोगितामा द्वितीय भएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान उपकुलपतिको सचिवालयबाट सञ्चालित तीनदिने डिजिटल कला फोटो कार्यशालामा सहभागीबीच भएको फोटो प्रतियोगिता तथा प्रदर्शनीमा श्रेष्ठको फोटोले द्वितीय पुरस्कार प्राप्त गरेको हो । सो प्रतियोगिता तथा प्रदर्शनीमा २८ जनाको प्रतिस्पर्धा भएृको थियो । श्रेष्ठले १५ हजारको द्वितीय पुरस्कार प्राप्त […]
The post राजधानी सहकर्मी श्रेष्ठलाई दोस्रो पुरस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
पोखरेली युवा सांस्कृतिक परिवारले कलामा क्रियाशील स्रष्टालाई प्रत्येक दुई वर्षमा प्रदान गर्ने ललितकला पुरस्कार, २०७८ बाट कलाकार आलोक गुरुङलाई पुरस्कृत गर्ने भएको छ । वरिष्ठ कलाकार दुर्गा बरालले आफूले पाएको पुरस्कारमा रकम थपेर अक्षयकोष स्थापना गरी उक्त पुरस्कार सञ्चालनमा ल्याइएको छ ।पुरस्कार पाउनुहुने कलाकार गुरुङ तनहुँ अरुबोटमा जन्मेर पोखरामा क्रियाशील चित्रकला, मुहार चित्र र प्रतिस्थापन कलामा अब्बल कलाकार मानिन्छन् । कला मनोरञ्जन र सौन्दर्य मात्रै नभएर चेतनाको उज्यालो हो भन्ने गुरुङले हजारभन्दा
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा राष्ट्रिय ललितकला प्रदर्शनी–२०७९ हिजो (वैशाख २ गते) उद्घाटन भयो। यो प्रदर्शनी मात्र होइन, प्रतियोगिता पनि थियो। त्यसैले विभिन्न पुरस्कारको पनि घोषणा गरियो। त्यसमध्ये एउटा थियो- प्रत्येक प्रदेशबाट १/१ जना पर्ने गरी ७ प्रदेशका कलाकारलाई दिइएको प्रादेशिक पुरस्कार अर्थात् प्रोभिन्सियल अवार्ड। प्रादेशिक अवार्ड पाउने एउटा कला हेरेर दङ्ग परियो। हाकाहाकी प्रतियोगियताको… Continue reading
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले ललितकलाको क्षेत्रमा योगदान पु-याएबापत दुई कलाकारलाई राष्ट्रिय अरनिको प्रज्ञा–सम्मानबाट सम्मानित गर्ने भएको छ। जनही १ लाख रुपियाँ राशिको सो सम्मान वरिष्ठ कलाकार वत्सगोपाल वैद्य र प्रवीणकुमार श्रेष्ठलाई प्रदान गरिने भएको हो। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने राष्ट्रिय ललितकला प्रदर्शनी–२०७८ का सम्बन्धमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो। प्रदर्शनी […]
कलापत्रकारिता र कला इतिहासका अग्रणी व्यक्तित्व नारायणबहादुर सिंहको स्मृतिमा नेपाल ललितकला पत्रकार समाजले स्थापना गरेको नारायणबहादुर सिंह स्मृति ललितकला पत्रकारिता पुरस्कार–२०७६ बाट दीपक श्रेष्ठ (विहीन) र २०७७ बाट सिर्जु बज्राचार्यलाई पुरस्कृत गरिएको छ। यसै गरी, सोफाज–लक्ष्मीमाया कुमाले स्मृति ललितकला पत्रकारिता पुरस्कार–२०७६ बाट हेमन्त गौतम, २०७७ सालको सो पुरस्कार दीपक परियारलाई पुरस्कृत गरिएको छ। क्रोधकला शिरोमणि […]
नारायणबहादुर सिंह स्मृति ललितकला पत्रकारिता पुरस्कार–२०७६ बाट गोरखापत्रकर्मी दीपक श्रेष्ठ (विहीन) पुरस्कृत हुनुभएको छ । यस्तै, सिर्जु बज्राचार्यलाई २०७७ सालको नारायणबहादुर सिंह स्मृति ललितकला पत्रकारिता पुरस्कर प्रदान गरिएको छ । कलापत्रकारिता र कला इतिहासका अग्रणी व्यक्तित्व नारायणबहादुर सिंहको स्मृतिमा नेपाल ललितकला पत्रकार समाजले सो पुरस्कार स्थापना गरेको हो ।