मानन्धर र नेपाललाई बालवाङ्मय सम्मान

बालवाङ्मय तथा अनुसन्धान केन्द्रले वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरलाई साहित्य सृष्टि बालवाङ्मय साधना सम्मान र सुश्री अनुज्ञा नेपाललाई राकुपा बालवाङ्मय बालप्रतिभा पुरस्कार प्रदान गरेको छ । थाहा पुस्तकालय मीनभवनमा आयोजित कार्यक्रमका प्रमुख अतिथि केके कर्माचार्यले पुरस्कृतद्वयलाई पुरस्कार र सम्मानपत्र प्रदान गरेका थिए । साहित्य सृष्टि बालवाङ्मय साधना सम्मान रु. २५ हजार र राकुपा बालवाङ्मय बालप्रतिभा पुरस्कार १० हजार रहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका क