बुटवल । लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका विषयमा जसपा नेपालका प्रदेशसभा सदस्यहरु दुई कित्तामा विभाजित भएपछि एक अर्कामाथि कारवाहीको होड चलेको छ । शंकर पोखरेलको नेतृत्वको सरकारलाई निरन्तरता दिने कि सत्ता बाहिरका दलहरूको गठबन्धनमा नयाँ सरकार बनाउने भन्ने सन्दर्भमा जसपा नेपाल निर्णायक भूमिका निर्वाह गर्ने तह रहेसँगै सो पार्टीका सांसद दुई कित्तामा विभाजित भएका हुन् ।प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेको अवस्थामा जसपा नेपालका ६ मध्ये चार सांसदले सरकारलाई साथ दिने निर्णय गर्दै सरकारमै सहभ