चितवन । एमाले अध्यक्ष केपी शर्मा ओलीले १९ सदस्यीय पदाधिकारी बनाउन प्रस्ताव गरेका छन् ।
शुक्रबार राति चितवनको सौराहामा जारी बैठकमा ओलीले विधान संशोधन गरेर १९ सदस्यीय पदाधिकारी बनाउन प्रस्ताव गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
पार्टीमा आकांक्षी बढेपछि संख्या बढाइएको हो ।