गण्डकी प्रदेश सरकारले तनहुँको पर्यटकीय मानुङकोट र काहुँशिवपुर जोड्ने बहुप्रयोजनको झोलुङ्गे पुल निर्माण गर्ने भएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा दुई पालिका जोड्ने डाँडामा बहुप्रयोजनको झोलुङ्गे पुल निर्माण गर्ने उल्लेख गरिएको छ ।व्यास नगरपालिका–५ स्थित मानुङकोट र ऋषिङ गाउँपालिका–१ काहुँशिवपुर जोड्नका लागि निर्माण गरिने पुलको सम्भाव्यता अध्ययन गरिने बताइएको छ । पछिल्लो समय मानुङकोट पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको छ ।केही वर्षअघिसम्म सुनसान मानुङकोटमा अहिले पर्यटकीय पूर