जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को आधारभूमि तराई मधेस हो । दुवै पार्टीको भोट बैंक पनि तराई मधेस नै हो । त्यसैले दसैँतिहार, छठजस्ता महत्त्वपूर्ण चाडमा जसपा र लोसपाका नेताहरु चाडपर्व मनाउनभन्दा पनि व्यस्त भए ।जसपा र लोसपाका अधिकांश शीर्ष नेता दसैँदेखि मधेसमै छन् । उनीहरु कात्तिकभर मधेसमै बस्ने भएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, शीर्ष नेता राजेन्द्र महतो यसबीचमा अर्जेन्ट काम परेको बेला मात्र काठमाडौँ आए । धेरै जसो समय मधेसमै बसे । यह