भालुबाङ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले लुम्बिनी प्रदेशले राजधानी कार्यान्वयन निकै उपयुक्त ढंगले प्रयोग गरेको बताए।आइतबार प्रदेशका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण समारोहमा सहभागी हुन आएका पोखरेलले पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै अन्य प्रदेशमा केन्द्रले तोकेकै ठाउँमा प्रदेशको केन्द्र कायम गरे पनि लुम्बिनीले नयाँ ठाउँमा प्रदेश राजधानी बनाएको बताए।उनले भने, ‘लुम्बिनी प्रदेशले आमजनतासँग छलफल, परामर्श गरेर प्रदेशसभाको भावनाका आधारमा नयाँ ठाउँमा प्रदेश राजधानी बनाउने निर्णय गरेको