काठमाडौं। निषेधाज्ञाको अबज्ञा गरी चलाइएका २०४ वटा सवारी साधनलाई आज काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ। जसमा १६० वटा दुई पाङग्रे, ३९ वटा चारपाङग्रे र ५ ओटा अन्य सवारी साधन रहेका छन्। नियन्त्रणमा लिइएका सवारी साधनलाई कारबाही गरेर छाडिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।