मिटरब्याज पीडितका १६ उजुरी दर्ता

चितवन– गृह मन्त्रालयले मिटरब्याजबाट पीडितको उजुरी संकलनका लागि स्थानीय प्रशासनलाई दिएको समयभित्र १६ वटा उजुरी परेको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा ती उजुरी दर्ता भएका हुन् । कार्यालयका नायब सुब्बा विश्वास श्रेष्ठका अनुसार साउन २९ गतेदेखि भदौ ५ गतेसम्म ती उजुरी परेका हुन् । उजुरीको बारेमा जाँचबुझ भइरहेको उनले जानकारी दिए । मिटरब्याजीले निरक्षर, […]

सम्बन्धित सामग्री

मिटरब्याजी सुदखोरविरुद्ध उजुरी दर्ता गराउन पीडितलाई गृहको अनुरोध

काठमाडौं : गृह मन्त्रालयले  मिटरब्याज सुदखोरविरुद्ध उजुरी दर्ता गराउन पीडितहरुलाई अनुरोध गरेको छ।मन्त्रालयले आज एक सूचना जारी गरी एकसाताभित्र यथासम्भव बढी तथ्य प्रमाणसहित उजुरी दर्ता गराउन भनेको छ। हिजो मात्रै गृहमन्त्री बालकृष्ण खाँणले मिटरब्याजी पीडितहरुको समस्या समाधानका लागि कार्यदल गठन गरेको थियो। सो कार्यदलका संयोजक डा. भीष्मकुमार भुसालले देशैभर मिटरब्याजीको जालो फैलिएको हुनसक्ने भन्दै मन्त्रालयले मिटरब्याज पीडित व्यक्तिहरुबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध प्रमाण

अध्यादेश निष्क्रिय भएपछि मिटरब्याज पीडित अन्योलमा

लक्ष्मीपुर–६ की कलामुन खातुनलाई ‘अध्यादेश’ र ‘निष्क्रिय’ भनेको के हो ? थाहा छैन तर उहाँ मिटरब्याज पीडित हुनुहुन्छ। रामस्वरूप महाजनसँग उहाँले दुई वर्षअघि लिएको एक लाख रुपियाँ ऋण तिरिसक्नु भयो। महाजनले थप चार लाख रुपियाँ बाँकी रहेको भन्दै तमसुक फट्टा गरेका छैनन्। खातुनलगायत रामस्वरूप महाजनबाट पीडित २५ जनाको उजुरी दर्ता भएपछि सबैमा न्यायको आशा पलाएको थियो। जिल्ला प्रशासन कार्यालयमा छलफल पनि चलिरहेको छ तर अकस्मात अध्यादेश निष्क्रिय भएपछि उहाँलाई धेरैले डर देखाए ‘अब सिडिओ र एसपीले पनि महाजनलाई केही गर्न सक्दैनन्’ भनेर।