रिलायन्स फाइनान्सको बोनस शेयर सूचीकृत

काठमाडौं । शुक्रवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रिलायन्स फाइनान्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ६ लाख ८४ हजार ४५४ दशलमव ११ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न मिल्नेछ ।  कम्पनीले असार ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ दशलमव ५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

सम्बन्धित सामग्री

रिलायन्स फाइनान्स र नेपाल हाइड्रो डेभलोपरको बोनस शेयर सूचीकृत

चैत २०, काठमाडौं । दुई ओटा अलग- अलग कम्पनीको बोनस शेयर आइतवार सूचीकृत भएको छ । यो दिन रिलायन्स फाइनान्स र नेपाल हाइड्रो डेभलोपरको बोनस शेयर सूचीकृत भएको हो । रिलायन्स फाइनान्सको १३ लाख ७३ हजार ४८६ दशमलव ५० कित्ता र नेपाल हाइड्रो डेभलोपरको २ लाख ९ हजार ३०० कित्ता बोनस शेयर शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । नेपाल हाइड्रो डेभलोपरले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी रिलायन्स फाइनान्स कम्पनीले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

नेप्सेमा ५ ओटा कम्पनीको बोनस शेयर सूचीकृत

साउन २२, काठमाडौं । पाँच ओटा अलग अलग कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा शुक्रवार सूचीकृत भएको छ ।  नाडेप लघुवित्त वित्तीय संस्था,प्रुडेन्सियल इन्स्योरेन्स, मिथिला लघुवित्त वित्तीय संस्था ,फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र रिलायन्स फाइनान्स कम्पनीको बोनस शेयर सूचीकृत भएको हो ।  नाडेप लघुवित्तको ३ लाख ६८ हजार, प्रुडेन्सियल इन्स्योरेन्सको ८ लाख २१ हजार १४५ दशमलव ६० कित्ता,मिथिला लघुवित्तको १ लाख ४६ हजार ८९ दशमलव ०१ कित्ता,फरवार्ड लघुवित्तको १२ लाख ५१ हजार ३८ दशमलव ५० कित्ता र रिलायन्स फाइनान्सको ८ लाख ३२ हजार ४१६ दशमलव शून्य ६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।  ती पाँच ओटै कम्पनीको बोनस शेयर आइतवारदेखि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । नाडेप लघुवित्तले गत वर्षको असोज २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।  त्यसैगरी प्रुडेन्सियल इन्स्योरेन्सले जेठ २ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत ८ प्रतिशत बोनस शेयर,फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले गत फागुन २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर र रिलायन्स फाइनान्सले वैशाख २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।