वैशाख २०, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले रू. ३ करोड ८५ लाख २१ हजार खुद नाफा गरेको छ ।
गत वर्षभन्दा यस वर्ष कम्पनीको यो नाफा ४ दशमलव ३८ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ३ करोड ६९ लाख ४ हजार यो नाफा गरेको थियो ।
यस वर्ष विद्युत् विक्रीबाट रू. १७ करोड १ लाख ६० हजार आम्दानी गरेको छ । कम्पनीले रैराङ खोलाबाट रू. ६६ लाख ३९ हजार र इवाखोलाबाट रू. १६ करोड ३५ लाख २१ हजार आम्दानी गरेको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीले ६३ दशमलव ९४ प्रतिशत बढी विद्युत् विक्रीबाट आम्दानी गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ५६ करोड रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ४८ प्रतिशत बढी रू. ५ करोड ४८ लाख ८३ हजार कायम भएको छ ।
कम्पनीको कर्जा रकम भने गत वर्षभन्दा करिब एक प्रतिशत बढी रू. १ अर्ब ३१ करोड ३८ लाख २९ हजार रहेको छ । प्रतिशेयर आम्दानी रू. १३ दशमलव शून्य ३ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २०० रहेको छ ।