एजेन्सी। पाकिस्तानमा मिडियाको मुख बन्द गर्ने प्रयासस्वरुप सेना र सरकारविरुद्ध बोल्नेलाई अढाइ करोड जरिवाना गर्ने नयाँ प्रस्ताव तयार पारिएको छ। यी दुई निकायविरुद्ध लेख्ने–बोल्ने कार्य गरेमा तीन वर्ष सजाय भोग्नुपर्ने प्रावधान पनि प्रस्तावमा छ। पाकिस्तान सरकार पछिल्लो समय कोरोना महामारी, महँगी र आर्थिक कमजोरीबाट घेरिएको छ। यी कुरा मिडियामा आउन नदिन प्रस्ताव ल्याउन खोजिएको विपक्षी दलहरुले बताएका छन्।