मोगादिसु : अल–शबाब आतंककारीहरूले सोमालियाको राजधानी मोगादिसुको हयात होटलमा आक्रमण गरेको झण्डै ३० घण्टापछि घेराबन्दी समाप्त भएको सरकारी सेनालाई उद्धृत गर्दै सञ्चारमाध्यमले जानकारी दिएका छन्।अल–शबाब आतंककारीले गरेको आक्रमणमा ४० जनाको मृत्यु हुनुका साथै ७० भन्दा बढी घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार सुरक्षा अधिकारी र आक्रमणकारीबीच झण्डै ३० घण्टासम्म गोली हानाहान भएको थियो।अल–कायदा आतंककारी समूहसँग आबद्ध अल–शबाबले सोमालियाको सरकारविरुद्ध सशस्त्र संघर्ष गरिरहे