मुम्बईमा बस्ने आँखाका सर्जन डाक्टर अक्षय नायर शनिबार बिहान २५ वर्षकी महिलाको शल्यक्रिया गर्न प्रतीक्षा गरिरहेका थिए ।जुन महिलाको शल्यक्रिया गर्नुपर्ने थियो उनी तीन हप्ता अघि कोभिड–१९ संक्रमणबाट निको भइसकेकी छिन् र उनी मधुमेहद्वारा पीडित छिन् ।यो शल्यक्रियामा डाक्टर अक्षय नायरसँग नाक, कान, घाँटी (इनटी) का विशेषज्ञ पनि संलग्न थिए ।इएनटी डाक्टरले महिलाको नाकमा एउटा ट्युब राखे र म्यूकरमायकोसिस (ब्ल्याक फंगस) द्वारा संक्रमित तन्तुलाई हटाउन थाले । यो खतरनाक संक्रमण नाक, आँखा र कहिलेकाँही दिमागमा