निर्वाचनको अन्तिम परिणाम आज सार्वजनिक गर्दै आयोग

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९ को अन्तिम नतिजा बुधबार घोषणा गर्दै छ। आयोग परिसरमा दिउँसो १ बजेपछि अन्तिम नतिजा घोषणा गर्ने जनाइएको हो। यससँगै आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको अन्तिम परिणाम पेस गर्ने बताएको छ। बिहीबार नै आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान गर्नेछ। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन गत मंसिर ४ गते सम्पन्न भएको थियो। संघीय संसद्को प्रतिनिधिसभामा १६५ प्रत्यक्ष र ११० समानुपातिक निर

सम्बन्धित सामग्री

निर्वाचनको अन्तिम नतिजा घोषणा गर्दै निर्वाचन आयोग

निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आज सार्वजनिक गर्ने भएको छ । आयोगले दिउँसो पत्रकार सम्मेलन मार्फत अन्तिम नतिजा घोषणा गर्न लागेको हो । आज अन्तिम नतिजा घोषणा गरेपछि आयोगले भोली बिहिबार राष्ट्रपतिसमक्ष सम्पूर्ण निर्वाचन परिणाम पेश गर्ने तयारी गरेको बताइएको छ ।

आज प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक हुँदै

काठमाडौं, मंसिर २८ । निर्वाचन आयोगले आज प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को अन्तिम नतिजा घोषणा गर्दै छ। आज अपराह्न १ बजेपछि आयोग परिसरमा अन्तिम नतिजा घोषणा हुने आयोगले जनाएको छ। निर्वाचन आयोगले बिहीबार मङ्सिर २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको अन्तिम परिणाम पेस गर्ने कार्यक्रम रहेको बताइएको छ। सोही दिन नै […]