काठमाडौं : नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी छाडेर जान सुझाव दिएका छन्। राष्ट्रिय युवा संघ नेपाल अन्तरजिल्ला विशेष प्रदेश कमिटीको विस्तारित भेलालाई मंगलबार सम्बोधन गर्दै बस्नेतले नेता नेपालको सम्मानजनक बिदाई गर्ने बताए। ‘तपाईँ एमालेमा बस्न चाहनुहुन्न भने कृपया छोड्नुस्, हामी पुतला जलाउँदैनौँ, तपाइँलाई सम्मानजनक बिदाइ गर्छौं, उनले भने, 'तर एमालेमा बसेर एमाले बर्बाद गर्ने शक्तिहरूलाई युवा संघले तह लगाउ