विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलन घोषणा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तीन बुँदे सहमति कार्यान्वयनका लागि दवाव दिन आन्दोलन गर्ने भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमति कार्यान्वयन गर्न चरणवद्ध आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको हो । उक्त पार्टीले पुस १ गतेदेखि ५ गतेसम्म चरणवद्ध आन्दोलन गर्ने भएको छ । पहिलो दिन पुस १ गते देशव्यापी गाउँदेखि सरहसम्म विरोध प्रदर्शन, पुस २ गते कोणसभा,  ३ गते जिल्ला सदरमुकाम र मुख्य शहरमा अन्तरक्रिया, ४ गते देशैभर

सम्बन्धित सामग्री

एमसीसी, एसपीपी र आईपीएसविरुद्ध तीन दलको आन्दोलन घोषणा

काठमाडौँ- विभिन्न तीन राजनीतिक दल एमसीसी, एसपीपी र आईपीएसविरुद्ध आन्दोलनमा उत्रिएका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र कर्णजीत बुढाथोकीको नेकपा माओवादी समाजवादी आन्दोलनमा उत्रिएका हुन् । काठमाडौँमा मंगलबार पत्रकार सम्मेलन गरेर उनीहरूले एमसीसी, एसपीपी र आईपीएसविरुद्ध आन्दोलनमा उत्रिएको जानकारी दिएका हुन् । उनीहरुका […]

संसदबाहिरका ४ कम्युनिष्ट पार्टीद्वारा आन्दोलन घोषणा

काठमाडौं । संसद् बाहिर रहेका ४ कम्युनिष्ट पार्टीले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । देशमा विद्यमान राष्ट्रिय स्वाधीनता, राजनीतिक तथा आर्थिक क्षेत्रमा बढ्दै गएको आर्थिक संकट, यसअघि विप्लव नेतृत्वको नेकपासँग दुवै सरकारले गरेको वार्ताको सहमति कार्यान्वयनलगायतका विषयमा खबरदारी गर्न आन्दोलनमा जानुपरेको उनीहरूले जनाएका छन् । विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति […]

विप्लव समूहसँग मिलेर २० राजनीतिक संगठनले सरकारविरुद्ध प्रदर्शन गर्ने

२५ असोज, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट मोर्चासमेतको संलग्नतामा २० राजनीतिक संगठनहरुले सरकारविरुद्ध संयुक्त आन्दोलन घोषणा गरेका छन् । यही असोज २९ गते दिउँसो १ बजे माइतीघर मण्डलामा सरकारविरुद्ध ‘सशक्त’ विरोध प्रदर्शन गर्ने …