असार २१, काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सोमवार सम्पन्न भएको छ ।
सभा कम्पनीको केन्द्रीय कार्यालय हात्तीसार काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । सभाले आव २०७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।
त्यस्तै सभाले लेखापरिक्षकको प्रतिवेदन आव २०७६/ ७७ एनएफआरएससहितको असार मसान्तसम्मको वासलात,नाफा,नोक्सान तथा नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूचीमाथि छलफल गरी पारित गरेको छ ।
साथै सभाले आव २०७७/ ७८ को लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीले कोभिड - १९ कोषमा सहयोग रकम अनुमोदन गर्ने प्रस्ताव पनि पारित गरेको हो । यसैगरी सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकमा अमृत बञ्जाडे र सरस्वती गौतम ज्ञवालीलाई निर्विरोध निर्वाचित गरेको छ ।