प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा अध्ययनबिनै दुई अर्बको आर्थिक त्रिभुज परियोजना घोषणा गरिएको छ । आगामी आर्थिक वर्षको बजेटमा ‘उद्यमशीलता र औद्योगिक विकास’ अन्तर्गत राखिएको यो परियोजनाको प्रस्ताव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको होइन । मन्त्रालय स्रोतका अनुसार यस परियोजनाका लागि कुनै अध्ययन, परामर्श पनि भएको छैन । तर प्रधानमन्त्री पुष्पकमल दाहालको आदेशमा बजेटबाट प्रस्तुत गरिएको छ ।