इलाम : नेपालको पूर्वी सीमा नाका पशुपतिनगरबाट ७६ युवा आइतबार स्वदेश फर्किएका छन् । दोलखाका ६७, तेह्रथुमका सात तथा चितवन र काठमाडौंका १/१ जना पशुपतिनगर नाका हुँदै नेपाल प्रवेश गरेका हुन्।
उनीहरूमध्ये ६७ जनाको पशुपतिनगरमै आरडिटी गर्दा आठजनाको रिपोर्ट पोजिटिभ देखिएको छ। रिपोर्ट पोजिटिभ आएका सबै युवा दोलखाका भएको...
पूर्वी सीमासँग जोडिएका भारतीय क्षेत्रमा काम गरेर बसेका ७६ युवा आइतबार स्वदेश फर्किएका छन् । दोलखाका ६७, तेह्रथुमका ७ तथा चितवन र काठमाडौंका १÷१ युवा पशुपतिनगर नाका हुँदै नेपाल प्रवेश गरेका हुन् ।
पूर्वी सीमासँग जोडिएका भारतीय क्षेत्रमा काम गरेर बसेका ठूलो संख्याका नेपाली युवा स्वदेश फर्किने तयारीमा छन् । दार्जिलिङ, मिरिक, कापिम्पोङ, सिक्किम लगायत क्षेत्रमा रहेका ५ हजार हाराहारी युवा पशुपतिनगर नाका र आसपासबाट नेपाल छिर्ने ‘मौका’ हेरिरहेका छन् ।
भद्रपुर : विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड– १९) को संक्रमण रोकथामका लागि भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको काँकडभिट्टाबाहेक सबै नाका बन्द गरेको छ।
बङ्गाल सरकारले शनिबार इलामको पशुपतिनगर नाका बन्द गरेकोमा आइतबारदेखि काँकडभिट्टाबाहेक सबै नाका बन्द गरिसकेको जनाइएको छ। भारतको विहार सरकारले...
नोबल कोरोना भाइरस (कोभिड १९)को कारण देखाउँदै भारतले पूर्वको पशुपतिनगर नाका बन्द गरेको छ। पश्चिमबंगाल सरकारले कोरोना नियन्त्रणका लागि भन्दै शनिबार बिहान नाका बन्द गरेको हो।
आज साँझ ५ बजेदेखि इलामको पशुपतिनगर नाका तीन दिनका लागि शील गरिएको छ । भारतको पश्चिम बंगालस्थित दार्जिलिङ जिल्लामा हुन लागेको पञ्चायत जनरल इलेक्सनका लागि नेपाल–भारतबीच पर्ने इलामको पशुपतिनगर नाका शील भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
इलाम – इलामको पशुपतिनगरबाट तीन बालिकाको उद्धार गरिएको छ । सुर्खेत, जाजरकोट र रुकुमका तीन बालिकालाई पशुपतिनगर नाका हुँदै भारततर्फ बेच्न लैजाँदै गर्दा प्रहरीले पशुपतिनगर नाका र दार्जीलिङबाट उद्धार गरेको हो ।
१६ वर्षका दुई र १५ वर्षका एक जना बालिकाको प्रहरीले माइती नेपाल पशुपतिनगरको सहयोगमा उद्धार गरेको बत...
इलाम : मानव तस्करहरुका लागि पशुपतिनगर नाका सुरक्षित बन्दै गएको छ। भौगोलिक विकटता, जनशक्तिको अभावका साथै दुवै नेपाल–भारत दुवैतर्फका मानिसहरु एकै मुलको भएकाले तस्कर पहिचानमा समस्या हुने गरेको माइती नेपाल आवधिक गृह पशुुपतिनगरका प्रमुख होम ढकालले बताए।
एक वर्षको अवधिमा यस नाकामा ६८ हजार ५३२ वटा ...
इलाम : केही वर्ष अघिसम्म भीडभाड हुने पूर्वी पहाडको एक मात्र नाका पशुपतीनगर अहिले सुनसान छ। भारतको पश्चिम बंगाल, सिक्किम र भुटानसम्मका व्यपारीले कारोबार गर्ने पशुपतिगनर बजारमा भारततर्फको भन्सारले आयात निर्यात रोक्दा व्यापरिक कारोबार घटेको हो।
सशस्त्र युद्धअघि भारततर्फ सुकियामा भन्सार कार्यालय सञ्चालन हुँदा सो नाका हुँदै पूर्व...