शिवसिंह ओली माओवादीको डोटी इन्चार्ज

काठमाडौं, २४ असोज । नेकपा माओवादी केन्द्र डोटीको इन्चार्जमा शिवसिंह ओली तोकिएका छन्। माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले ओलीलाई इन्चार्ज तोकेको हो। ओली डोटीमा प्रभावशाली छन् । उनको लोकप्रीयतालाई मध्यनजर गरी माओवादीले इन्चार्ज तोकेको बुझिएको छ । यसअघि डोटी इन्चार्ज रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मुख्यमन्त्री त्रिलोचन भट्ट सुदूरपश्चिम प्रदेश सह–इन्चार्ज भएपछि ओली डोटीको […]

सम्बन्धित सामग्री

डोटी प्रदेशसभा १ मा चक्र मल्ल र २ मा शिवसिंह ओली विजयी

डोटी जिल्ला प्रदेशसभा १ मा नेकपा (एमाले) का नेता चक्र मल्ल र २ मा नेकपा (माओवादी केन्द्र) का नेता शिव सिंह ओली विजयी भएका छन् । प्रदेशसभा १ तर्फ लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नरेन्द्रबहादुर सिंहलाई चार सय ५० मतले पछि पार्दै मल्ल विजयी भएका हुन् । विजयी उम्मेदवार मल्लले १५ हजार दुई सय ७९ […]

डोटी (ख)बाट माओवादीका ओली निर्वाचित

काठमाडौं, ७ मंसिर । डोटी प्रदेश (ख)बाट नेकपा माओवादीका शिवसिंह ओली निर्वाचित भएका छन् । ओलीले १४ हजार ४७ मत ल्याएर एमालेका उम्मेदवारलाई पराजित गर्दैै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेदवारले १३ हजार १२८ मत प्राप्त गरेका छन् ।

डोटी ‘ख’ बाट माओवादीका शिवसिंह ओली निर्वाचित

डोटी प्रदेश सभा ‘ख’बाट माओवादीका शिवसिंह ओली निर्वाचित भएका छन् । एमालेका टंकबहादुर बमलाई हराउँदै सत्ता गठबन्धनबाट माओवादीका ओली निर्वाचित भएका हुन् । ओलीले १४ हजार ४७ मत ल्याएर विजयी भए भने एमालेका बम १३ हजार १२८ मत ल्याएर पराजित भएका हुन् । प्रदेश सभा ‘क’ मा भने कांग्रेसका नरेन्द्रबहादुर सिंहलाई पछि पार्दै एमालेका चक्रबहादुर मल्लले अग्रता लिएका छन् ।

डोटीबाट प्रदेशसभामा माओवादीका ओली विजयी

७ मंसिर, डोटी । डोटीमा प्रदेशसभा (ख) बाट सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका शिवसिंह ओली विजयी भएका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका ओलीले प्रतिस्पर्धी नेकपा एमालेका टेकबहादुर बमलाई ९ सय १९ मतले पछि पार्दै विजयी भएका हुन् । ओलीले १४ हजार ४७ मत ल्याउँदा बमले १३ हजार १ सय २८ […]