सहकारीद्वारा वार्षिक ५ लाख केजी चिया उत्पादन

जनकपुरधाम। झापाको गाउँपालिका–२ स्थित श्री पाराखोपी साना किसान चिया सहकारी संस्थाद्वारा सञ्चालित चिया उद्योगले वार्षिक ५ लाख केजी चिया उत्पादन गर्दै आएको छ । नेपाल सरकारको ५० प्रतिशत अनुदान रकम तथा संस्थाको ५० प्रतिशत लगानीमा २०७५ सालमा स्थापित उद्योगले हरियो पत्ती प्रशोधन गरी सिटीसी चिया उत्पादन गर्दै आएको संस्थाका सचिव पवत डाँगीले बताए । उक्त उद्योग रू. १२ करोड लगानीमा स्थापना गरिएको हो । सहकारीमा आबद्ध ५० जना चिया कृषकले २०० बिघामा चियाखेती गर्दै आएको डाँगीले बताए । चिया कृषकले प्रतिबिघा रू. ६० हजारदेखि ६५ हजारसम्म आम्दानी गरिरहेको जानकारी उनले दिए ।

सम्बन्धित सामग्री

बन्द भयो चिया उत्पादन

चिया उत्पादन हुने इलामसहितका जिल्लामा चियाको टिपाइ बन्द भएको छ। हिउँद लागेसँगै हरियो चियाको उत्पादन बन्द भएको हो।...

बन्द भयो चिया उत्पादन

हिउँद लागेसँगै घट्दै गएको हरियो चियाको उत्पादन मंसिर अन्तिमदेखि बन्द भएको छ । विशेषगरी बर्खा सिजनमा उत्पादन हुने चियाको उत्पादन मंसिर अन्तिमदेखि पूर्णरूपमा बन्द भएको हो । उत्पादन बन्द भएपछि कारखानाले यसअघि तयार गरेको चियालाई ग्रेडिङ र चिया निर्यातलाई प्राथमिकता दिन थालेका छन् । प्रशोधित चियालाई विभिन्न वर्गमा ग्रेडिङ गरेर बिक्रीका लागि तयार गरिन्छ । […]

चिया : उत्पादन नेपालको, प्रचार भारतको

नेपालमा उत्पादन भएको चियालाई केही भारतीय चिया कम्पनीले अगर्यानिक र गुणस्तरीयको ब्रान्ड बनाएर व्यापार गरिरहेका छन् ।

चियाको उत्पादन र गुणस्तर बढाउन किसानलाई तालिम

चिया उत्पादन र प्रशोधनमा गुणस्तर बढाउन देशका १३ जिल्लाका किसानलाई सीप सिकाइएको छ। ‘एक सहकारी-एक चिया प्राविधिक’को अवधारणाअनुसार २ सय ९० किसानलाई चिया उत्पादन र प्रशोधनसम्बन्धी तालिम दिइएको हो।...

पर्वतको फलामखानीमा अर्गानिक चिया उत्पादन सुरू

पर्वत जिल्लाको महाशिला गाउँपालिका–६ फलामखानीमा चिया उत्पादन सुरु भएको छ । जिल्लामा पहिलो पटक सुरु गरिएको व्यावसायीक चिया खेतीबाट तयारी चिया उत्पादन गर्न थालिएको हो । संरक्षणको अभावमा झण्डै एक दशकअघि लगाइएको चियाखेती अलपत्र परेको बेला महाशिला गाउँपालिकाले चियाखेती संरक्षण तथा विस्तार गर्न थालेको हो । यस वर्ष साउन महिना लागेपछि मात्रै टिपेकाले झण्डै १० […]

फलाम खानीमा व्यवसायिक चिया उत्पादन सुरु

न्युज अफ नेपाल, पर्वत । पर्वत जिल्लाको महाशिला गाउँपालिका–६ फलामखानीमा चिया उत्पादन शुरु भएको छ । पर्वत जिल्लामा पहिलोपटक शुरु गरिएको व्यावसायिक चियाखेतीबाट तयारी चिया उत्पादन गर्न थालिएको हो । संरक्षणको अभावमा झण्डै एक दशकअघि लगाइएको चियाखेती अलपत्र परेको बेला महाशिला गाउँपालिकाले चियाखेती संरक्षण तथा विस्तार गर्न थालेको हो । यस वर्ष साउन महिना लागेपछि […]

पर्वतको फलामखानीमा अर्गानिक चिया उत्पादन शुरु

साउन ३०, पर्वत । पर्वत जिल्लाको महाशिला गाउँपालिका–६ फलामखानीमा चिया उत्पादन शुरु भएको छ । धौलागिरि अञ्चलमा नै पहिलोपटक शुरु गरिएको व्यावसायिक चियाखेतीबाट तयारी चिया उत्पादन गर्न थालिएको हो ।  संरक्षणको अभावमा झण्डै एक दशकअघि लगाइएको चियाखेती अलपत्र परेको बेला महाशिला गाउँपालिकाले चियाखेती संरक्षण तथा विस्तार गर्न थालेको हो ।  यसवर्ष साउन महीना लागेपछि मात्रै टिपेकाले झण्डै १० किलोग्राम अर्गानिक चिया उत्पादन गर्न सकिएको फलामखानीका वडाध्यक्ष रामबहादुर सुनारले जानकारी दिए । इलाममा चियाको क्षेत्रमा कार्यरत नरेन्द्र सुवेदीको पहलमा यस वर्षदेखि प्रशोधन गर्न थालिएको हो । ‘वैशाखबाटै टिप्न शुरु गरेको भए ५० किलोग्रामभन्दा बढी उत्पादन हुने रहेछ’, वडाध्यक्ष सुनारले भने, ‘ढिलो गरी टिपेका कारण पाँच÷सात किलोभन्दा उत्पादन गर्न सकेनौँ ।’  विसं २०६७ मा तत्कालीन जिल्ला विकास समिति पर्वतको सहयोगमा शुरु गरिएको चियाखेती लामो समय संरक्षणको अभावमा गौचरणमा परिणत भएको थियो ।  उचित संरक्षण र रेखदेखको अभाबमा चियाखेती फस्टाउन सकेको थिएन । दुई वर्षअघिदेखि गाउँपालिकाको पहलमा गोडमेल तथा संरक्षण गर्न थालेपछि यस वर्षदेखि उत्पादन दिन शुरु गरेको सुनारले बताए ।  साविक फलामखानी गाविसको वडा नं ४, ५, ७, ८ र ९ का दलित समुदायको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले चियाखेती शुरु गरिएको थियो । इलामको जस्तै हावापानी भएकाले यहाँ चिया खेतीको सम्भावना रहेको छ । इलाम जिल्लाको जस्तै व्यावसायिक चियाखेती विस्तार गर्ने उद्देश्यले योजना शुरु गरे पनि स्थानीयले भने कुनै चासो नदेखाएपछि समस्या भएको थियो । ‘दलित समुदायको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले चियाखेती शुरु गरिएको हो’, महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेलले भने, ‘स्थानीयवासीको बेवास्ताका कारण सोचेअनुसार फाइदा लिन सकिएको थिएन अब गाउँपालिकाले यसको संरक्षण र विस्तार गर्छ ।’ एक हजार ८०० मिटरको उचाइमा रहेको साविक फलामखानी गाविसलाई चिया खेतीको पकेट क्षेत्र बनाउने गरी तत्कालीन समयमा २० हजार चियाका विरुवा रोपिएको थियो ।  नगदेबालीको रुपमा चिया खेतीलाई प्रवर्द्धन गर्नकै लागि पहिलो चरणमा तत्कालीन जिविस पर्वतले झण्डै ६० रोपनी क्षेत्रफलमा चियाखेतीको शुरुआत गरेको थियो । साविक गाविसको ४ र ५ वडामा लगाएका विरुवा स्थानीयले संरक्षण नगर्दा नष्ट भए पनि वडा नं ७, ८ र ९ मा भने बिरुवा जीवितै रहेका थिए ।  फलामखानीका वडाध्यक्ष सुनारले अहिले पुराना बोट पनि राम्रो हुँदै गएको र उत्पादित चिया एकदमै स्वादिलो पाइएको बताए । अहिले स्थानीय समुदायसमेत चिया खेतीतर्फ आकर्षित हुन थालेका छन् । यस वर्ष थप १२ हजार बिरुवा रोप्न थालिएको छ ।  यस वर्ष स्थानीयवासीलाई चिया उत्पादन तथा प्रशोधनसम्बन्धी तीनदिने तालिमसमेत प्रदान गरिएको छ । अब समूह बनाएर यसको विस्तारमा लाग्ने बताइएको छ । महाशिला गाउँपालिकाले विगत तीन वर्षदेखि बर्सेनि यसको विकासका लागि रकम विनियोजन गर्दै आएको छ ।  यस वर्ष पनि रु तीन लाख विनियोजन भएको अध्यक्ष पौडेलले जानकारी दिए । उनका अनुसार गाउँ कार्यपालिकाको बैठकले नै चियाखेतीको लागि आवश्यक यन्त्र उपकरण खरीद गर्ने, उत्पादित चिया प्रयोगशालामा परीक्षणका लागि पठाउने निर्णयसमेत गरेको छ ।  पहिलोपटक उत्पादन गरिएको अर्गानिक चिया निकै गुणस्तरको पाएको र अब परीक्षण र थप क्षेत्रमा व्यावसायिक विकासको लागि गाउँपालिकाले योजना निर्माण गरी कार्य अगाडि बढाउने गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीले बताए । फलामखानीमा चियाको व्यावसायिक विकास गर्दै लैजाने गाउँपालिकाको नीति तथा कार्यक्रमसमेत रहेको उनको भनाइ रहेको छ । रासस

निशेधाज्ञामा पनि चिया उत्पादन

कोरोना भाइरस र लकडाउनका कारण अघिल्लो वर्ष आफ्नो उत्पादन र निर्यात ६० प्रतिशतसम्म घटाएका धनकुटाका निजी र सहकारीमार्फत सञ्चालित चिया प्रसोधन उद्योग तथा किसानहरुले यो वर्ष भने लकडाउनको समयमा अन्य समयको जस्तै निरन्तर चिया उत्पादन गरेका छन् ।जापान, जर्मनी, डेनमार्क, अमेरिका र अष्ट्रेलियालगायतका मुलुकमा अर्थोडक्स चिया निर्यात गर्दै आएका धनकुटाका निजी र सहकारीमार्फत सञ्चालित चिया […]

चिया उत्पादन तथा निकासीमा समस्या

इलाम । विगतका वर्षमा यसपटक चियाको दोस्रो टिपाइ गर्ने बेला हुन्थ्यो । चियाको मुनाकै राजा मानिने पहिलो टिपाइबाटै किसानले उल्लेख्य आम्दानी बटुल्थे । यसपटक विगतझैं भएन । चियाको पहिलो टिपाइ फस्टाउन फागुन पहिलो वा मध्यसम्ममा आकाशबाट पानी पर्दा फाइदा पुग्छ । यसपटक त्यो समयमा पानी परेन । यसैले यसपटक चिया उत्पादन ह्वात्तै घट्यो । गतवर्ष तीन हजार किलो हरियो पत्ती बनाएका इलाम नगरपालिका–१ स्थित साँखेजुङका किसान गोपाल दाहालले यसपटक बल्लतल्ल ७०० किलो चिया भएको बताए । ‘पानी नपरेकै कारण चिया उत्पादनमा ह्रास आयो । शायदै त्यो मौसममा (फागुन महीना) पानी परेको भए यसपटक चिया बढ्थ्यो,’ उनले भने । चियाका लागि आकाशबाट परेको पानी सबैभन्दा बढी लाभदायक हुन्छ । वैकल्पिक माध्यमबाट पानी लगाए पनि आकाशबाट परेको पानीमा जति अन्य तवरको पानीमा चिया फस्टाउँदैन । अघिल्ला वर्षमा पनि यही ‘सिजन’को पानीका कारण चिया उत्पादनमा किसानले हण्डर खानुपरेको थियो । यसपटक त किसानले पानी मात्र नभई मलका कारण पनि समस्या भोग्नुपरेको सूर्योदय नगरपालिकाका किसान गोपाल कट्टेलले जानकारी दिए ।      ‘पानीको त मुख्य समस्या नै भयो, तर मल अभाव हुँदा पनि चिया घटेको छ,’ कट्टेलले भने । इलामका धेरै चिया बगान र उद्योग अग्र्यानिक (जैविक) बनेका छन् । यस्ता बगान र उद्योगले रासायनिक मलको प्रयोग गर्दैनन् । तर अन्य उद्योगका लागि भने रासायनिक मलको खाँचो पर्छ । गएको वर्षसमेत यहाँका किसानले रासायनिक मलको अभाव झेल्नुपर्‍यो । उत्पादनमा समस्या भएको चियामा यसपटक निकासीमा पनि उस्तै लफडा झेल्नुपरेको छ । यहाँको चिया झापा हुँदै भारतीय बजार पुग्ने गर्छ । तर यसपटक भने कोरोनाका कारण सहज रूपमा चिया निकासी भएको छैन । कोरोनाले नेपालबाट बाहिर पठाउन समस्या परेको छ भने भारतीय बजारमा चिया किन्नेको पनि संख्या एकदमै कम छ । ‘हामीलाई यताको भन्दा पनि उताकै तनाव छ । अरू बेला यहाँबाट गएको चिया अधिकतम मात्रामा विक्री हुन्थ्यो,’ सूर्योदय टी प्रोड्युसर्सका सचिवसमेत रहेका कट्टेलले भने, ‘भारतमा कोरोना बढेकै कारण झमेला खेप्नुपरेको छ ।’ चिया लैजानु पूर्व एकपटक चियाको ‘स्याम्पल’ (नमूना चिया) लैजानुपर्छ । तर यसपटक स्याम्पलसमेत पठाउन सकिएको छैन । जुन सिजनको चिया निर्यात गर्नुपर्ने हो, त्यो सिजनको चिया पहिलै स्याम्पलका रूपमा पठाउनु पर्छ । यसपटक भने कोरोनाका कारण सम्भव भएको छैन । विगतका वर्षमा वैशाख १५ सम्ममा पहिलो सिजनको स्याम्पल पठाइसकिन्थ्यो । तर यसपटक हालसम्म पुग्न सकेको छैन । देउमाई नगरपालिकाका उद्योगी गोपाल दाहालका अनुसार खरीदकर्ताले चाहेको समयमा चिया पुर्‍याउन नसक्दा विक्री नहुने सम्भावना बढी हुन्छ । यसका लागत बढी हुने र फिर्ता हुने भएकाले उद्योगकै घाटामा जान सक्छ । चालू आर्थिक वर्ष २०७७/७८ मा ९ हजार ५७० मेट्रिक टन चिया निर्यात भएको छ । यसबाट चालू आर्थिक वर्षमा ३ अर्ब ६ करोड आम्दानी भएको भन्सार विभागको तथ्यांक छ । गत आर्थिक वर्ष २०७६/७७ मा ११ हजार १८५ मेट्रिकटन चिया निकासी भएको थियो । यसबाट २ अर्ब ७८ करोड आम्दानी भएको थियो । गत आर्थिक वर्षमा २४ हजार ११८ मेट्रिक टन चिया उत्पादन भएको थियो । कोभिड–१९ का कारण कम निकासी भएको चियाको निकासी सहज भएपछि निर्यात वृद्धि भएको नेपाल चिया तथा कफी विकास बोर्डले बताएको छ । रासस

झापामा सबैभन्दा धेरै चिया उत्पादन

राष्ट्रिय योजना आयोगको सचिवालय केन्द्रीय तथ्यांक विभागले झापामा सबैभन्दा धेरै चिया उत्पादन हुने गरेको जनाएको छ । बिर्तामोडमा व्यावसायिक चिया खेती सर्वेक्षण २०७५ को प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय योजना आयोगको सचिवालय केन्द्रीय तथ्यांक विभागले मुलुकका अन्य जिल्लाको तुलनामा झापामा सबैभन्दा बढी चिया उत्पादन हुने गरेको जनाएको हो ।