देशभरको मौसम बदली, काठमाडौँ आसपासका डाँडामा पनि हिमपात

 पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण बुधबार देशभारको मौसम बदलि भएको छ।यस प्रभावका कारण हाल देशभर सामान्य देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा हल्का वर्षा भैरहेको तथा उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भैरहेको जल त्तहा मौसम विज्ञान विभागले जनाएको छ।यो मौसमी प्रभावका कारण काठमाडौँ आसपासका डाँडामा पनि हिमपात भएको छ ।चन्द्रागिरी, फुल्चाेकी, नगरकाेट, शिवपुरी लगायतका डाँडामा हिमपात भएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज बुधबार दिउँसो  देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।विभागका अनुसार आज राती  देशभर सामान्य देखि पूर्णतया बदली  रहनेछ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम  वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।त्यस्तै बिहिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको विभागले जनाएको छ।बिहिबार राती देशभर आंशिक देखी सामान्य बदली  रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।शुक्रबारबाट भने मौसम सुधार हुने विभागले जनाएको छ।शुक्रबार देशभर आंशिक बदली रही एक वा दुई स्थानहरूमा हल्का वर्षा र गण्डकी प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको विभागले उल्लेख गरेको छ ।शुक्रबार राती देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सफा रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । 

सम्बन्धित सामग्री

सुरु भयो कर्णालीमा हिमपात

जुम्लामा भने यो वर्षको पहिलो हिमपात हो। बुधवार साँझ मौसम बदली भइ बादल लागेर रातिदेखि हिउँ पर्न थालेको हो। हिमपात भएपछि चिसो अत्यधिक बढेको छ।...

सुरु भयो कर्णालीमा हिमपात

जुम्लामा भने यो वर्षको पहिलो हिमपात हो। बुधवार साँझ मौसम बदली भइ बादल लागेर रातिदेखि हिउँ पर्न थालेको हो। हिमपात भएपछि चिसो अत्यधिक बढेको छ।...

देशभरकै मौसम बदली

आज बिहानदेखि काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा हल्का वर्षा भएको छ । अहिले देशभरकै मौसम बदली भएको मौसमविद् बरुण पौडेलले जानकारी दिए । उनका अनुसार आज काठमाडौँमा बिहान ८ः४५ मिनेटसम्ममा ० दशमलव दुई मिलिमिटर वर्षा भएको छ । डोल्पा, हुम्लामा हिमपात भइरहेको, सर्लाहीलगायतका जिल्लामा अहिले हल्का वर्षा भइरहेको र देशका धेरै ठाउँमा बादल लागेको मौसमविद् […]

सोमबारसम्म देशभरको मौसम बदली हुने

काठमाण्डाै – आउँदो सोमबारसम्म देशभरको मौसम बदली हुने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । महाशाखाले दिउँसो विशेष बुलेटिन सार्वजनिक गरेर भोलिदेखि अर्को न्यून चापीय प्रणाली प्रवेश गर्ने भएकोले सोमबारसम्म मौसम बदली हुने जानकारी गराएको छ ।विभागका अनुसार, पश्चिम नेपालबाट छिर्ने यो न्यून चापीय प्रणालीका कारण भोलि शनिबार, आइतबार र सोमबार देशभरिको मौसममा प्रभाव पर्नेछ । उच्च भागमा हिमपात तथा पहाडी र तराईका भागमा मेघ गर्जनसहित मध्यम स्तरसम्मको वर्षा हुने सम्भावना रहेको मौसमविद् शान्ती कँडेलले बताउनुभयो । यो न्...

देशभर मौसम बदली‚ अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम बदली भई अधिकांश स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।शुक्रबार बिहानको देशभरिको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १ र प्रदेश २ का एक दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले छ।आज दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका थोरै स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हि

मंगलबारदेखि मौसम बदली

मंगलबारदेखि फेरि मौसमी प्रणालीमा परिवर्तन भई मौसम बदली हुने पूर्वानुमान गरिएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव शनिबारसम्मै रहने र वर्षा तथा हिमपात हुने मौसमविदको अनुमान छ ।मौसमविद् समिर श्रेष्ठका अनुसार पश्चिमी वायुको प्रभाव मंगलबार रातिबाट नै पस्ने र बुधबार सुदूरपश्चिममा र बिहीबार उपत्यकामा वर्षाको सम्भावना छ । “सुदूरपश्चिम क्षेत्रमा अहिले यसको सामान्य प्रभाव देखिइसकेको […]

मौसम बदली र हिमपातको सम्भावना कायमै

काठमाडौँ – देशका विभिन्न स्थानमा आज मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार शनिबार बिहान काठमाडौं उपत्यकासहित अन्य उपत्यका र तराईमा कुहिरो लागेको छ। दिउँसो देशभरको मौसम बदली हुने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। प्रधानाङ्गका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी […]

देशभर वर्षा र हिमपात‚ जनजीवन प्रभावित (फोटो फिचर)

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर वर्षा र हिमपात भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनसम्म मौसम बदली भई वर्षा र हिमपातको सम्भावना रहेको छ।हाम्रा पर्वत संवाददाताका अनुसार मुस्ताङमा हिमपात भएको छ। सानातिना खोला र धाराको पानी नै जमेका छन्। हिमपातका कारण बढेको चिसोले जनजीवन पनि कष्टकर बनेको छ।यस्तै‚ हेटौंडा संवाददाताका अनुसार पर्यटकीय क्षेत्र मकवानपुरको थाहा नगरपालिका-४ दामन र सिमभन्ज्याङमा हिमपात भएको छ। बुधबार बिहानदेखि हिमपात भएको हो। यहाँ हरेक वर्ष हि

देशका धेरै ठाउँको मौसम बदली, केही ठाउँमा वर्षा र हिमपात

काठमाण्डाै – अहिले देशको धेरैजसो ठाउँको मौसम बदली भएर वाग्मती, गण्डकी र सुदुरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावका कारण यी ठाउँमा पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सुदुरपश्चिमा भने पश्चिमी वायुको प्रभाव अब बिस्तारै कम हुँदै जाने भएकाले पानी पर्ने क्रम पनि कम हुँदै जाने उहाँले बताउनुभयो । पश्चिमी वायुको प्रभाव बिस्तारै पूर्वतर्फ पर्न थालेको छ ।   आज शुक्रवार रातिदेखि भोलि शनिवारसम्म नै प्रदेश १ बदली भएर पानी पर्ने सम्भावना छ । अरू प्...