काठमाडौं : वरिष्ठ अधिवक्ता शम्भु थापाले संवैधानिक पदाधिकारीहरू राजनीतिक दलको खल्तीबाट नियुक्त गर्न नहुने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अधिवक्ता थापाले संविधानमा लेखिएको विषयलाई दलका नेताहरूले काट्न नमिल्ने बताए। ‘संवैधानिक पदाधिकारीहरू यसरी नियुक्ति गर भनेर संविधानमा लेखिएको छ। संवैधानिक नियुक्ति अध्यादेशबाट हुन्छ? संविधानमा नै लेखिएको संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति राजनीतिक दलले काट्न मिल्दैन। राष्ट्र हाँक्ने भनेको संविधानले परिकल्प