एमसीसीबारे प्रष्ट धारणा नराखेको भन्दै माधव नेपालले गरे एमालेको आलोचना

१३ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अमेरिकी सहयोगसम्बन्धी सम्झौताको विषयमा नेकपा एमालेले प्रष्ट धारणा राख्न नसकेको भन्दै आलोचना गरेका छन् । ‘केपी ओलीले एमसीसीलाई समर्थन गर्छु पनि नभन्ने र समर्थन पनि नगर्ने । न भाले न पोथीको चाल केपी ओलीले देखाइरहनु भएको छ’ शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै […]

सम्बन्धित सामग्री

माधव नेपाललाई जनताले विश्वास गर्न छाडिसके : केपी ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्को पल्ट माधव नेपालले चुनाव नजित्ने बताएका छन् । बिहीबार एमाले रौतहटको जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले माधव नेपाललाई अब जनताले विश्वास गर्न छाडिसकेको भन्दै अर्को पटक चुनाव नजित्ने बताएका हुन् । माधव नेपालको चर्को आलोचना गरेका ओलीले विदेशी र प्रतिक्रियावादीहरूको म...

बजेट संशोधन गर्न हुँदैन : विज्ञ

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले १५ जेठमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटको सडकदेखि सदनसम्म आलोचना भइरहेको छ । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) पार्टी र जनता समाजवादी पार्टी (जसपा) का सांसद्हरूले बजेटमाथिको छलफलमा भाग लिँदै यथास्थितिमा बजेट पारित गर्न नदिने बताइरहँदा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेसका सांसदहरूले पनि बजेटको आलोचना गरिरहेका छन् ।  सदनदेखि सडकसम्म बजेटको आलोचना हुँदा सरकारलाई त्यसको सामना गर्न अप्ठ्यारो परेको देखिन्छ । बजेटमा विवाद रहे पनि विज्ञहरू बजेटका कमा, पूर्णविरामसम्म चलाउन नहुने तर्क गर्छन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेल संशोधन गरे बजेटसँगै सरकार पनि असफल हुने बताउँछन् ।  ‘बजेटमा संशोधन गर्नु हुँदैन । सदनमा उठेको केही कुरा सरकारले अमूर्त हिसाबले सम्बोधन गर्न सक्छ,’ उनले भने, ‘यसअघि पनि सदनमा आवाज उठ्दा सरकारले सम्बोधन गर्ने प्रतिबद्धता जनाएर बजेट पास गरेको छ ।’  उनका अनुसार बजेट संशोधन गर्नु भनेको प्राविधिक रूपमा फेलसरह हो । उपयुक्त भाषा प्रयोग गरेर सरकारले कतिपय विवादित कुरालाई सम्बोधन गर्छौं भनेर दलीय समझदारी जुटाई प्रतिबद्धता जाहेर गर्नुपर्छ । पोखरेलका अनुसार नेपालको इतिहासमा अहिलेसम्म बजेट संशोधन भएको छैन ।   नेपाल सरकारका पूर्वसचिव गोपीनाथ मैनाली पनि बजेट संशोधन गर्न नहुने बताउँछन् । उनका अनुसार कार्यकारी पद्धति भएको शासनमा बजेट र त्यसमार्फत ल्याइएका दरहरूमा संशोधन गर्न हुँदैन । किनभने सरकारको नीति र प्राथमिकताका विषयमा पहिल्यै छलफल भएको हुन्छ । बजेट तर्जुमा गर्दा नै प्राथमिकता र नीतिका विषयमा व्यापक छलफल हुने र त्यही कुरा बजेटमा समावेश हुने मैनाली बताउँछन् । ‘बजेट सार्वजनिक भइसकेपछि यसका अंक, करका दर, खर्च प्रस्तावहरू संशोधन हुने हो भने फेरि आउने सरकारहरूले बीचमा बार्गेनिङ गर्न सक्छन्,’ उनले भने, ‘नराम्रो संस्कार बस्छ र आउने सरकारहरूले आप्mनो दृष्टिकोणअनुसार बजेट ल्याउन सक्दैनन् ।’  बजेटलाई व्यवस्थित गर्न आगामी वर्षबाट फागुनमै बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने भनिएको छ । त्यसमा सघन रूपमा छलफल गर्नुपर्ने मैनाली बताउँछन् । अहिलेको बजेटका कुनै विषय पनि हेरफेर गर्न नहुने मैनालीले बताए ।  सरकारले गत जेठ १५ गते ल्याएको बजेटमार्पmत कम बजेटका विद्युतीय सवारीसाधन र दैनिक उपभोग्य वस्तु आलु, प्याजसम्ममा कर बढाएपछि ती वस्तु महँगिएका छन् । सामान्य भाषामा सांसद विकास कोष भनिने सांसदहरूको तजबिजीमा खर्च गर्ने गरी पैसा बाँड्ने कार्यक्रम पनि सरकारले संकटका बेला ब्यूँताएको भन्दै आलोचना भइरहेको छ ।  अर्थमन्त्रीले खर्च कटौतीमा जोड दिएको बताए पनि महँगी भत्ता, पदाधिकारीको इन्धन खर्च, बैठक भत्ताजस्ता शीर्षकमा ठूलो बजेट विनियोजन भएको छ । यसले गर्दा मन्त्री महतले ल्याएको बजेटमाथि प्रश्न उठ्दै आएको छ ।  अर्थ मन्त्रालय स्रोतका अनुसार अहिलेसम्म बजेट संशोधनको तयारी छैन । अहिलेसम्म कुनै बजेट पनि संशोधन नभएकाले यो पनि संशोधन गर्न नपर्ने अर्थका अधिकारीहरूको बुझाइ छ । तर, आइतवार पनि सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले यथास्थितिमा बजेट पारित गर्न नदिने चेतावनी दिए । गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी र सांसदले यथास्थितिको बजेटमा समर्थन गर्न नसक्ने स्पष्ट पारे । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बजेट यथास्थितिमा पारित गर्न नदिने भनिसकेको पनि बताए ।  अर्थमन्त्री महतले सत्ता गठबन्धनका मन्त्रीहरूका परियोजना सूचीलाई बेवास्ता गरेपछि सत्ता गठबन्धनमा खटपट आएको हो । त्यसलाई मत्थर पार्न प्रधानमन्त्री पुष्पकमल दाहालले पटकपटक सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरे पनि खासै नतिजा निस्कन सकेको छैन । त्यस्ता छलफलमा अरू विमति रहे पनि बजेटमा भाँजो नहाल्न सत्ता साझेदार दलहरूलाई प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ । तर, सत्ता साझेदार दलका शीर्ष नेताहरू खुलेरै बजेटको विरोधमा उत्रँदा सामना गर्न सरकारलाई गाह्रो परिरहेको छ । संसद्मा बजेटमाथिको छलफलमा अर्को सत्ता साझेदार जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेशविरोधी बजेट आएको भन्दै सरकारको आलोचना गरेका थिए । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले डँडेलधुरा, गोरखा र नुवाकोटकेन्द्रित बजेट भनेर चर्काे आलोचना गरेका छन् । बजेट संशोधन नगरे सरकार ढल्न सक्ने चेतावनी पनि उनले दिएका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमोर्चासमेत बजेटको विपक्षमा उभिएका छन् । प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशबाहेक संघीय र अन्य प्रदेशको बजेटको विरोधमा खुलेर लाग्न निर्देशन दिएका छन् ।

पार्टीको पोलिटब्युरो बैठकमा माधव नेपालले गरे देउवाको आलोचना

काठमाडौं, १० असार । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरेका छन् । पार्टीले मन्त्रीहरु हेरफेरबारे निर्णइ लिएर कार्यान्वयनको लागि सिफारिश गर्दा पनि अहिलेसम्म निर्णय कार्यान्वयन नगरेको भन्दै उनले प्रधानमन्त्री देउवाको आलोचना गरेका हुन् । अध्यक्ष नेपालले गठबन्धनका अन्य दलका कारण आफ्नो पार्टीको मन्त्री फेर्ने निणर्य कार्यान्वयन हुन […]

माधव नेपालले भने– बालेन र हर्कको जित मिहिनेतको परिणाम हो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा सांसद माधवकुमार नेपालले राजनीतिमा देखिएको वितृष्णाप्रति आत्मचिन्तन गर्नुपर्ने बताएका छन् । शुक्रबारको संसद् बैठकमा उनले युवामा राजनीतिक दलप्रति आलोचना भइरहेको भन्दै आत्मचिन्तन गर्नुपर्ने समय आइसकेको बताए ।   काठमाडौं र धरानमा स्वतन्त्र उमेदवार निर्वाचित हुनुको कारण उनीहरुको मिहिनेतको परिणाम भएको बताए ।  “विभिन्न ठाउँमा स्वतन्त्र उमेदवारले...

एमालेका २२ सांसदहरुको कदम पार्टीका लागि लज्जास्पद : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ सांसदको कदम लज्जास्पद भएको बताएका छन् । सोमबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको १०औं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीमा गुटबन्दीको नेतृत्व माधव नेपालले गरेको भन्दै उनको आलोचना गरे ।

दलका नेताहरुविरुद्ध देउवाको आक्रोश: ओली सरकारको विरोध गर्न किन डराएकाे ?

रुपन्देही - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको आलोचना गर्न डराएको भन्दै आफनै दलका नेताहरुविरुद्ध आक्रोश पोख्नु भएको छ । प्रदेश नम्बर पाँचको राजनैतिक सुझाव संकलनका लागि रुपन्देहीको भैरहवामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले माधव नेपालले सरकारको आलोचना संसदबाटै गर्दा आफनो प...