कैलालीको टीकापुर अस्पतालमा शल्यक्रिया सुविधा थपिएपछि दैनिक १० देखि १२ जनाको शल्यक्रिया हुन थालेको छ । सुविधा बढेसंगै बिरामीको चाप बढेपछि शय्याको अभाव हुन थालेको छ । यसअघि प्रसूति र हाडजोर्नी सम्बन्धि शल्यक्रिया गरिँदै आएकामा अस्पतालले एक हप्तादेखि आफ्नो सेवा विस्तार गरेको छ । टीकापुर अस्पतालबाट अब हाइड्रोशिल, हर्निया, पत्थरी, पाइल्स, फिस्टुला, स्तनका गाँठागुँठी, स्तन …