गाैतम गम्भीर फाउन्डेसनलाई अक्षय कुमारले दिए १ करोड भारु

काठमाडाैं : बलिउड अभिनेता अक्षय कुमारले कोभिडको दोस्रो लहरबाट प्रभावित भएकाको मद्दतका लागि एक करोड भारतीय रुपैयाँ सहयोग गरेका छन्। क्रिकेटर तथा राजनीतिज्ञ गौतम गम्भीर फाउन्डेसनलाई उनले उक्त रकम दिएका हुन्।क्रिकेटबाट संन्यास लिएपछि गौतम राजनीतितर्फ मोडिएका थिए। शनिबार गौतमले सामाजिक सञ्जालमार्फत आफ्नो फाउन्डेसनलाई रकम दिएकोमा अक्षयलाई धन्यवाद दिएका थिए। अक्षयले यस्तो समयमा पनि आफूले सहयोग गर्न पाएकोमा  खुसी व्यक्त गरेका छन्। महामारी छिट्टै हट्ने पनि उनले वि

सम्बन्धित सामग्री

यशराजले तोक्यो ‘पठान’को नेपाल राइट डेढ करोड भारु

काठमाडौं । शाहरुख खानको आगामी फिल्म ‘पठान’को नेपाल अधिकार खरिद गर्न वितरकमाझ होडबाजी सुरु भएको छ । यशराज फिल्म्सले नेपाल राइटको मूल्य १ करोड ५० लाख भारु तोकेको छ । ट्रेलर रिलिज भएसँगै फिल्म ल्याउन नेपालका चार वितरण कम्पनीले अग्रसरता लिएका छन् । जसमा सुनिल मानन्धर, गोपीकृष्ण मुभिज, एबी फिल्म्स र एप्पल इन्टरटेनमेन्ट छन् । […]

जो रुट आइपिएलमा अनसोल्ड, रहाणेलाई न्यूनतम मूल्य

एजेन्सी – इंग्ल्यान्डका अनुभवी ब्याटर जो रुट इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनमा अनसोल्ड भएका छन् । न्यूनतम मूल्य १ करोड भारु राखेपनि कुनैपनि टोलीले किनेनन् । त्यस्तै दक्षिण अफ्रिका ब्याटर राइली रोसोउ पनि अनसोल्ड भएका छन् । रोसोउले न्यूनतम मूल्य २ करोड राखेका थिए । चेन्नई सुपर किंग्सले अजिक्या रहाणेलाई न्यूनतम मूल्य […]

मोदीसँग २.२३ करोड भारु बराबरको सम्पत्ति

प्रधानमन्त्री नरेन्द्र मोदीसँग २.२३ करोड भारुभन्दा बढीको सम्पत्ति रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। अधिकांश सम्पत्ति बैंक निक्षेपको रूपमा छ। गुजरातको गान्धीनगरमा आफ्नो जग्गा दान गरेकाले प्रधानमन्त्रीसँग अहिले कुनै अचल सम्पत्ति छैन। यो जग्गाको मूल्य १ करोड १ लाख थियो ।प्रधानमन्त्री कार्यालय (पीएमओ) को वेबसाइटमा प्रधानमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । सम्पत्ति विवरण अनुसार ३१ मार्च २०२२ सम्म उनको कूल सम्पत्ति २ करोड २३ लाख ८२ हजार ५०४ रुपैयाँ थियो । योसँगै मोदीको चल सम्पत्ति गत

भारतमा ‘कबड्डी ४’को उत्साहजनक ओपनिङ

काठमाडौँ । शुक्रबारदेखि सिक्किमबाहेक भारतभर रिलिज भएको नेपाली फिल्म ‘कबड्डी ४’ले उत्साहजनक ओपनिङ गरेको छ । शुक्रबार र शनिबार फिल्मले १ करोड २० लाख भारु (१ करोड ९२ लाख नेरु) ओपनिङ गरेको हो । फिल्मको भारत वितरक सुष्मा प्रोडक्सनका अनुसार पीभीआरका १७६ हलसहित अन्य मल्टिप्लेक्सबाट समेत फिल्म रिलिज भएको थियो । पहिलोपटक त्यहाँको सबैभन्दा ठुलो […]

‘कबड्डी ४’द्वारा भारतमा १ करोड ९२ लाख ग्रसको सप्ताहन्त ओपनिङ

काठमाडौं । शुक्रबारदेखि सिक्किमबाहेक भारतभर रिलिज भएको नेपाली फिल्म ‘कबड्डी ४’ले उत्साहजनक ओपनिङ गरेको छ । शुक्रबार र शनिबार फिल्मले १ करोड २० लाख भारु (१ करोड ९२ लाख नेरु) ओपनिङ गरेको हो । फिल्मको भारत वितरक सुष्मा प्रोडक्सनका अनुसार पीभीआरका १७६ हलसहित हन्य मल्टिप्लेक्सबाट समेत फिल्म रिलिज भएको थियो । पहिलोपटक त्यहाँको सबैभन्दा ठूलो […]

पेप्सी र कोकाकोलालाई पर्यावरण मुआब्जा बापत २५ करोड भारु जरिवाना

फागुन २४, नयाँदिल्ली(भारत) । भारतका दुई ठूला बहुराष्ट्रिय बोटलिंग कम्पनीलाई त्यहाँको एउटा नियामकले २५ करोड भारतीय  रुपया(भारु) जरिवाना गरेको छ । नेशनल हरित अधिकरण(एनजीटी) ले पेप्सी र कोकाकोला इन्डियालाई  उक्त रकम जरिवाना गरेको हो । एनजीटीले  ती कम्पनीका म्यानुफ्याक्चरिंग प्लान्टले अवैध तरिकाले जमीनको पानी निकालेको  भन्दै जरिवाना गरेको हो । एनजीटीले ती बहुराष्ट्रिय कम्पनीविरुद्ध अवैध तरिकाले पानी निकालेको भन्दै पर्यावरण मुआब्जा बापत जरिवाना गरेको हो । एनजीटीले कोकाकोलाको निर्माता तथा बोटलिंग कम्पनी मून वेबरेज तथा  पेप्सीको निर्माता तथा बोटलिंग कम्पनी बरुण वेबरेज लिमिटेडले लाइसेन्स शर्त उल्लंघन तथा भूमिगत पानी दोहन र भूमिगत पानी रिचार्ज गर्नका लागि कुनै पनि प्रकारको उपाय अबलम्वन नगरेको अनुसन्धानका क्रममा खुलेको बताएको छ । कोकाकोला बनाउने कम्पनी मून वेबरेजको ग्रेटर नोयडास्थित प्लान्टलाई १ करोड ८५ लाख भारु,साहिबाबादस्थित प्लान्टलाई १३ करोड २४ लाख भारु र बरुण वेबरेजको ग्रेटर नोयडास्थित प्लान्टलाई ९ करोड ७१ लाख भारु जरिवाना गरिएको छ । एनजीटीका अध्यक्ष आदर्श कुमार गोयलले ती कम्पनीलाई भूमिगत पानी रिचार्ज गर्ने उपायलाई कडा रुपमा अबलम्वन गर्न पनि निर्देशन दिएको बताए । एजेन्सीहरु

‘बाबरी’को छायांकनका लागि सिक्किममा अदिती

नेपाली चलचित्रका लागि निर्माताहरु सिक्किमप्रति निकै आकर्षित छन् । सिक्किममा चलचित्र छायांकन गर्दा त्यहाँको सरकारले १ करोड भारु लगानी गर्ने बताएसँगै सिक्किममा नेपाली निर्माताहरुको आकर्षण बढेको हो । सुरेन्द्र पौडेलको निर्देशनमा तयार भइरहेको चलचित्र ‘बाबरी’को टिम पनि चलचित्रको छायांकनका लागि सिक्किम पुगेको छ । यो चलचित्रकी नायिका अदिती बुढाथोकीले सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै सिक्किममा […]

अमिताभ बच्चनद्धारा हाईटेक भेन्टिलेटरसहित १ करोड ७५ लाखको स्वास्थ्य सामग्री सहयोग

एजेन्सी। बलिउडका महानायक अमिताभ बच्चनले कोरोना महामारीविरुद्ध लड्न मुम्बईको एक अस्पताललाई हाईटेक भेन्टिलेटरसहित अन्य मेडिकल उपकरणहरु सहयोग गरेका छन्। एक रिर्पोटका अनुसार बच्चनले भेन्टिलेटर तथा १ करोड ७५ करोड भारु बराबरका उपकरण सहयोग गरेका हुन्। भारतमा कोरोनाको पहिलो लहरदेखि नै सहयोगमा आएका महानायक बच्चनले गत महिना पनि दिल्लीको एक कोभिड केयर सेन्टरलाई २ करोड भारु सहयोग गरेका थिए।

अमिताभ बच्चनद्धारा हाईटेक भेन्टिलेटरसहित १ करोड ७५ लाखको स्वास्थ्य सामग्री सहयोग

एजेन्सी। बलिउडका महानायक अमिताभ बच्चनले कोरोना महामारीविरुद्ध लड्न मुम्बईको एक अस्पताललाई हाईटेक भेन्टिलेटरसहित अन्य मेडिकल उपकरणहरु सहयोग गरेका छन्। एक रिर्पोटका अनुसार बच्चनले भेन्टिलेटर तथा १ करोड ७५ करोड भारु बराबरका उपकरण सहयोग गरेका हुन्। भारतमा कोरोनाको पहिलो लहरदेखि नै सहयोगमा आएका महानायक बच्चनले गत महिना पनि दिल्लीको एक कोभिड केयर सेन्टरलाई २ करोड भारु सहयोग गरेका थिए।