यशराजले तोक्यो ‘पठान’को नेपाल राइट डेढ करोड भारु

काठमाडौं । शाहरुख खानको आगामी फिल्म ‘पठान’को नेपाल अधिकार खरिद गर्न वितरकमाझ होडबाजी सुरु भएको छ । यशराज फिल्म्सले नेपाल राइटको मूल्य १ करोड ५० लाख भारु तोकेको छ । ट्रेलर रिलिज भएसँगै फिल्म ल्याउन नेपालका चार वितरण कम्पनीले अग्रसरता लिएका छन् । जसमा सुनिल मानन्धर, गोपीकृष्ण मुभिज, एबी फिल्म्स र एप्पल इन्टरटेनमेन्ट छन् । […]