काठमाडौं : काठमाडौं महानगरपालिकाले नगरपालिकाभित्र घरदैलो कार्यक्रम गरी डेंगु संक्रमण नियन्त्रण गर्ने भएको छ।महानगरपालिका स्वास्थ्य विभागले ३२ वटै वडा स्तरमा सरोकारवालाहरूसँग अन्तरक्रिया, विद्यालयहरूमा विद्यालय शिक्षा कार्यक्रम र बस्तीहरूमा घरदैलो कार्यक्रम गर्ने जनाएको छ। घरदैलो गरेर लामखुट्टेको वासस्थान खोजेर लार्भा नष्ट गर्ने महानगरपालिकाले बताएकाे छ। सबैले आ-आफ्नो स्थानबाट डेंगु नियन्त्रण अभियानमा एकजुट हुन महानगरपालिकाले आग्रह गरेको छ।