काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ । मुख्यमन्त्री पोखरेलको सचिवालयले मंगलबार गरेको पीसीआर परीक्षणबाट उहाँलाई काेरोना संक्रमण पुष्टि भएको जनाएको छ । गत आइतबारदेखि अस्वस्थ भएका पोखरेललाई रुघा लाग्ने र ज्वरो आउने भएको छ । अक्सिजनको अवस्था सामान्य रहेको र उहाँ अहिले सरकारी निवासमै आराम गरिरहेको पनि सचिवालयले जनाएको छ […]