तिब्बतसँग जोडिएको नाका खोल्न पहल गर्ने प्रचण्डको प्रतिबद्धता
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि बन्ने सरकारले तिब्बतसँग जोडिएको गोरखाको नाका खुलाउन पहल गर्ने बताएका छन् । आइतबार उत्तरी गोरखाको छेकम्पार, सामागाउँ र सिर्दिवास पुगेर उनले तिब्बतसँग जोडिएका नाकाहरू खोल्न...
चितवन। चितवनका उद्योगी व्यवसायीले आर्थिक गतिविधि चलायमान बनाउन ठोरी नाका खोल्न माग गरेका छन् । ठोरी नाका सञ्चालन, देशमा देखिएको आर्थिक मन्दी र पूर्वाधार निर्माणमा भएको ढिलासुस्तीको विषयमा उद्योग वाणिज्य संघ चितवनले राजनीतिक दलहरूको ध्यानाकर्षण गराएको छ ।
उद्योग वाणिज्य संघ चितवनले आफ्नो कार्यालयमा चितवनका राजनीतिक दलका प्रमुखहरूलाई बोलाएर नाका सञ्चालनबारे ध्यानाकर्षण गर्दै समसामयिक विषयमा छलफल गरेको थियो । यो नाका सञ्चालनमा आए चितवनका उद्योग व्यवसायी र सर्वसाधारण नागरिकलाई धेरै सहज हुने संघको विश्वास छ ।
कार्यक्रममा संघका अध्यक्ष चुननारायण श्रेष्ठले वर्तमान आर्थिक मन्दी, ठोरी नाका सञ्चालन, पूर्वाधार निर्माणमा भएको ढिलासुस्ती, यातायातका साधनको पहुँच तथा व्यवस्थापन र व्यावसायिक अवस्थाबारे सबै राजनीतिक दलको ध्यानाकर्षण गराए । छलफलमा जिल्लास्थित राजनीतिक दलका नेताले सबैको उद्देश्य चितवनको आर्थिक विकास भएकाले साझा धारणा बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
छलफलमा हाल निर्माणाधीन गोन्द्राङ–पुलचोक सडक छिटो सम्पन्न गर्न सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउने, पूर्वी चितवन, माडी र पश्चिम चितवनबाट आउने यात्रुवाहक सवारीसाधनलाई यात्रु झार्ने र ओराल्ने गरी नारायणगढ बजार पुलचोक, पोखरा बसपार्क हुँदै बाइपास रोड परिक्रमा गराउने अवधारणा तय भएको छ । ठोरी नाका खुलाई सञ्चालनमा ल्याउन सम्बन्धित निकायमा पहल गर्न सबै राजनीतिक दलले मिलेर पहल गर्ने प्रतिबद्धता गरेका छन् ।
वीरेन्द्रनगर। कर्णालीको निजीक्षेत्रले चीनसँग जोडिएका नाका खोल्न पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहलसमक्ष माग गरेको छ । कर्णालीमा कोरोनाकालदेखि बन्द भएका उत्तरी नाका अझै खुलेका छैनन् । निजीक्षेत्रले चीनसँग जोडिएका मुगुको नाक्चे नांग्ला, हुम्लाको हिल्सा र डोल्पाको मुरिम्ला नाका खोल्न पहल थाल्न आग्रह गरेको हो ।
प्रधानमन्त्री दाहाल सुर्खेत आएको अवसरमा सोमवार सुर्खेत उद्योग वाणिज्य संघले विभिन्न १९ बुँदे मागपत्र समेत बुझाएको छ । लामो समयदेखि रोकिएर रहेका चौकुने र लखरपाटामा सिमेन्ट कारखाना स्थापनाका लागि सडक, विद्युत् लगायत पूर्वाधार बनाउनुपर्ने, सुर्खेतको साटाखानीमा प्रस्तावित एक हजार बिगाहा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाका लागि यथाशीघ्र कार्यारम्भ गर्नुपर्ने र प्रदेशअन्तर्गतका प्रत्येक जिल्लामा औद्योगिक ग्राम स्थापना गर्नुपर्ने माग यहाँको निजीक्षेत्रको छ ।
यसैगरी सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारका लागि बजेट विनियोजन गर्न, जडीबुटी संकलन तथा प्रशोधन केन्द्र सञ्चालनमा ल्याउन आवश्यक मेशिन, औजार उपकरणको व्यवस्था गर्न र माथिल्लो कर्णाली, नलगाडलगायत जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया थाल्न सरकारलाई आग्रह गरिएको छ । सुर्खेतमा प्रादेशिक स्तरको प्रदर्शनीस्थल निर्माण गर्नुपर्ने माग समेत निजीक्षेत्रको छ ।
मागपत्र बुझ्दै प्रधानमन्त्री दाहालले कर्णालीको निजीक्षेत्रका उक्त मागहरूप्रति आफू सकारात्मक रहेको बताउनुभयो । कर्णालीको विकास र समृद्धिका लागि सरकार सदैव प्रतिबद्ध रहेको समेत उहाँले बताउनुभएको छ । ‘सरकारले कर्णालीका समस्या र अभावलाई नजिकबाट नियालेको छ । बेरोजगारी समस्याले युवा विदेशिनुपरेको राम्ररी थाहा छ,’ उहाँले भन्नुभयो, ‘त्यो अवस्था अन्त्य गर्न सरकारले काम गरिरहेको छ ।’
कर्णाली प्रदेशको मेरुदण्डको रूपमा रहेका कर्णाली कोरिडोर, कर्णाली राजमार्ग, भेरी कोरिडोर, राप्ती लोकमार्ग, थारमारे चौरजहारी मार्ग, कैलाश मानसरोवर दर्शन क्षेत्र हुँदै मुक्तिनाथ जोड्ने सडक योजना जस्ता रणनीतिक महत्त्वका योजना पूरा गर्न संघीय सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गरेको प्रधानमन्त्री दाहालले बताउनुभयो ।
‘बेरोजगारी अन्त्य गरी गरीबी निवारण तथा आर्थिक रूपान्तरणका लागि कर्णाली प्रदेश सरकारको समृद्धि अभियानलाई संघीय सरकारको पूर्ण साथ र सहयोग रहनेछ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘कर्णालीको विकासलाई मैले सधैं प्राथमिकतामा राख्दै आएको छु, आगामी दिनमा समेत नीति, कार्यक्रम र बजेटमा यस प्रदेशलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
केही सातामा मित्र राष्ट्र चीन भ्रमणमा कर्णाली कोरिडोर र भेरी कोरिडोर निर्माणमा महत्त्वपूर्ण सम्झौता गर्ने तयारीमा आफू रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । उहाँ सोमवारदेखि वीरेन्द्रनगरमा शुरू भएको नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आउनुभएको हो ।
काठमाडौँ – परराष्ट्रमन्त्री एनपी साउदले संखुवासभा जिल्लाको उत्तरी सीमानाका किमाथांका सुचारु गर्ने विषयलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्। आइतबार मन्त्रालयमा संखुवासभा जिल्लाका प्रतिनिधि र कोशी प्रदेशका सांसदहरुले संयुक्त रुपमा किमाथांका नाका खोल्न चीन सरकारसँग पहल गरिदिन बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री साउदले किमथांका नाका सञ्चालन गर्ने कुरा आफ्नो पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता […]
काठमाडौं। नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले दसैंअघि नै रसुवागढी नाका र तातोपानी नाका खोल्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । कोरोनाभाइरस संक्रमणको कारण देखाएर चीनले लामो समयदेखि उक्त नाका बन्द गरेको छ ।
उक्त नाका खोल्न आफूले पहल गर्ने चान्सुले प्रतिबद्धता जनाएका हुन् । सोमबार नेपाल भ्रमणका ल...
काठमाडौं। नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले दसैंअघि नै रसुवागढी नाका र तातोपानी नाका खोल्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । कोरोनाभाइरस संक्रमणको कारण देखाएर चीनले लामो समयदेखि उक्त नाका बन्द गरेको छ ।
उक्त नाका खोल्न आफूले पहल गर्ने चान्सुले प्रतिबद्धता जनाएका हुन् । सोमबार नेपाल भ्रमणका ल...
काठमाडौँ- नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले दसैँअघि नै रसुवागढी नाका र तातोपानी नाका खोल्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । कोरोनाभाइरस संक्रमणको कारण देखाएर चीनले लामो समयदेखि उक्त नाका बन्द गरेको छ । उक्त नाका खोल्न आफूले पहल गर्ने चान्सुले प्रतिबद्धता जनाएका हुन् । सोमबार नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेका उनले मंगलबार […]
काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले दसैंअघि नै रसुवागढी नाका र तातोपानी नाका खोल्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । कोरोनाभाइरस संक्रमणको कारण देखाएर चीनले लामो समयदेखि उक्त नाका बन्द गरेको छ । उक्त नाका खोल्न आफूले पहल गर्ने चान्सुले प्रतिबद्धता जनाएका हुन् । सोमबार नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका उनले […]
The post दसैंअघि रसुवागढी र तातोपानी नाका खोल्न पहल गर्ने ली चान्सुको प्रतिबद्धता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....