नेपाल राष्ट्र बैंकले कोरोना प्रभावितलाई थप राहतको ब्यबस्था गरेको छ । नेपाल राष्ट्र बैंकले कोभिड-१९ बाट अति प्रभावित क्षेत्रहरु मध्ये होटल, ट्राभल, ट्रेकिङ्ग र हवाई सेवा जस्ता बाह्य पर्यटकमा निर्भर रहनुपर्ने व्यवसायीलाई थप राहत दिएको हो ।जस अनुसार यी व्यवसायीलाई कोभिड-१९ को असर मूल्याङ्कन गरी २०७९ असार मसान्त सम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वलाई छुट्टै हिसाब राखी दुई वर्ष सम्ममा कम्तीमा चार किस्तामा असुली गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ। यस्तो ब्याजलाई पुंजीकरण गर्न नपाइने र थप हर्जाना तथा पेनाल ब्याज नलाग्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ। त्यस्तै राष्ट्र बैंकले टि.आर.कर्जा सम्बन्धमा ट्रष्ट रिसिप्ट कर्जा (TR Loan), बिल्स डिस्काउन्टिङ्ग वा त्यस्तै प्रकृतिका आयात कर्जा प्रदान गर्दा अधिकतम ९० दिनसम्मको अवधिका लागि मात्र प्रवाह गर्न पाइने ब्यबस्था गरेको छ ।