काठमाडौँ – गोरु काटेको आरोपमा मुस्ताङ प्रहरीले बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाबाट पाँचजनालाई पक्राउ गरेको छ। मासु खाने प्रयोजनका लागि उनिहरुले गोरु काटेको प्रहरीले जनाएको छ। उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खोटाङ - खोटाङमा गोरु काटेको आरोपमा पक्राउ परेका एक महिलासहित पाँच जना धरौटीमा छुटेका छन् ।
ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका खिमायाँ तामाङ, दावा तामाङ, बुद्धिमान तामाङ, मोहन तामाङ र सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–४ जुवुका हेमकुमार तामाङ हिजो रिहा भएका हुन् । उनीहरु जनही १० हजार धरौटी बुझाएर रिहा भएका जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो ।
जलेश्वरीको रमितेमा गोरु काटेर भाग लगाइरहेको अवस्थामा उनीहरुलाई प्रहरीले गएको असार ३१ गत...
काठमाडौं- रोल्पाको रुन्टिगढी गाउँपालिका-१ लापालमा मासु खान गोरु काटेको आरोपमा १३ जना पक्राउ परेका छन्। गोरु काटेर मासु भाग लगाइरहेको सूचना पाएपछि प्रहरीको टोली त्यहाँ पुगेको थियो। प्रहरीले गोरु काट्ने र मासु लिन कुरिरहेका सबैलाई पक्राउ गरेको हो। प्रहरीले गोरुको ८० केजी मासु पनि बरामद गरेको छ।
अमृत अर्याल, स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गोरु काटेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भिरकोट नगरपालिका ८ ढापुकफेदीका नैन सिंह गुरुङ, हुमप्रसाद गुरुङ र खेम गुरुङ रहेका छन् । भिरकोट नगरपालिका ८ ढापुकफेदीमा आइबार राति १ बजे जिउँदो गोरु काटेको भन्ने गोप्य सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय […]
गोरु काटेको आरोपमा प्रहरीले स्याङ्जाको भिरकोट नगरपालिका–८ ढापुकफेदीबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढापुकफेदी बस्ने नैन सिंह गुरुङ, हुम प्रसाद गुरुङ र खेम गुरुङ छन् ।सुराकीको आधारमा प्रहरी चौकी दहथुमबाट खटिएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो । गएराती १ बजेको समयमा गोरु काटेर भागबण्डा लगाउँदै गरेको अवस्थामा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । आरोपीहरुमाथि पशुपन्छी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।
काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित ढोक्साङमा गोरु काट्दै गरेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शंखरापुर–३ बोजेनी बस्ने ६५ वर्षीय सन्त बहादुर वाईबासहित पाँच जना रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।बिहिबार बिहान सो ठाउँमा २ वटा गोरु काट्दै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई फेला पारेको थियो । महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको टोलीले करिब ५ सय किलो गोरुको मासु बरामद गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।
पोखरा– कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा गोरु काटेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त वडाका जीतबहादुर तमाङ, कूलबहादुर विश्वकर्मा, कुमार श्रेष्ठ, अभिनास तामाङ, अरुण तामाङ र सुकमाला तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। उनका अनुसार पशुपक्षी सम्बन्धी कसूर गरेको आरोपमा निजहरुलाई जिल्ला अदालतबाट नौ दिने […]