‘भारतीय प्रधानमन्त्री मोदीले भारतलाई नै धोका दिए’

भारत तथा फ्रान्सबीच भएको रफाएल लडाकू विमान खरिद प्रक्रियाको सम्झौताका बारेमा फ्रान्सका पूर्वराष्ट्रपति फ्रांस्वा ओलांदको एउटा बयानबाट सुरु भएको विवादका बीच फ्रान्सको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरेको छ । फ्रान्सेली विदेश मन्त्रालयले फ्रान्सको सरकार रफाएल बिक्री सम्झौतामा भारतीय कम्पनी छनौट प्रक्रियामा सहभागी नभएको स्पष्ट ...

सम्बन्धित सामग्री

‘सभ्यता-संघर्ष’ को भ्रम र ‘अंशियारी-इतिहास’को पीडा

खासमा केपी ओलीको एमाले र पुष्पकमल दाहालको माओवादी केन्द्र एउटै भारुन्डे चराका दुई टाउका मात्र हुन् भनेर बुझ्न नेपाली समाजले अझै ढिलो गरिरहेको छ । यी दुईलाई दुई भिन्न नेता र दुई भिन्न पार्टी ठानेर हामी हाम्रो राजनीतिक समझलाई आफैं धोका दिइरहेका छौं ।

भारतको स्टार्ट अप कन्भेन्सन कसरी बन्यो घोटाला कान्ड ?

काठमाडौं । गएको महीना भारतमा स्टार्ट–अप कम्पनीका लागि ‘फन्डिङ कार्यक्रम’को आयोजना गरियो । आयोजकहरुले तीन दिने World Startup Convention (डब्ल्यूएससी) लाई विश्वको सबैभन्दा ठूलो फन्डिङ पर्वको रुपमा बडाई चढाई गरेका थिए । अब विश्वको सबैभन्दा ठूलो फन्डिङ समारोह भएपछि आफ्नो व्यवसायका लागि लगानी गरिदिने व्यापारीहरु भेटिने लोभमा स्टार्ट–अपका संस्थापकहरु पनि कार्यक्रममा आए । सन् २०२१ र सन् २०२२ को अधिकांश समय भारतीय स्टार्ट अप प्रणालीमा लगानीको बाढी नै आयो । कम्पनीहरुले कहिले नदेखिएको स्तरमा लगानी उठाए । यसैबीच रातारात कम्पनीहरु युनिकर्न अर्थात् १ अर्ब डलर वा सोभन्दा बढी मूल्यांकनमा परिणत भए । विश्वको आर्थिक सुस्ती र अवरोधबीच लगानी घट्न थालेका स्टार्ट अपले सम्मेलनबाट निकै आशा गरेका थिए । तर समारोहले राहत भने दिएन । मार्च २४ मा कार्यक्रम शुरु भएको केही घन्टामै समारोह अराजक बन्यो । सहभागीहरु टिकट किनेर सम्मेलनमा सहभागी हुन आएका थिए ।  सम्मेलनको वेबसाइटका अनुसार यसको मुख्य अतिथिहरुमा केन्द्रीय परिवहन मन्त्री नितिन गड्कारी र केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मांडबिया आदि थिए । कार्यक्रमको प्रचार प्रसारका लागि इन्फ्लुएन्सरहरुको समेत प्रयोग गरिएको थियो । समारोहमा १ हजार ५०० भेञ्चर क्यापिटलिष्ट (जोखिम मोलेर लगानी गर्ने लगानीकर्ता), ९ हजार एन्जल इन्भेष्ट (कम्पनीको शेयर लिएर लगानी गरिदिने लगानीकर्ता) र ७५ हजार स्टार्ट अप कम्पनी सहभागी हुने दाबी प्रचार प्रसारमा गरिएको थियो । तर निकै आशा लिएर आएका सहभागीहरुले कार्यक्रममा आएको कयौं घन्टासम्म पनि कुनै लगानीकर्तालाई देखेनन् । आफूहरुलाई झुठो आशा देखाएर बोलाइएको अनि आफूमाथि धोका भएको आरोप कयौं सहभागी र प्रायोजकहरुले लगाउन थाले । दिउँसो अढाई बजेसम्म मुख्य अतिथि नीतिन गड्कारीको भर्चुअल भाषण स्थगित गरियो । सम्मेलन स्थल युद्ध मैदान जस्तै बन्यो । सहभागीहरु लगानीकर्ता कर्ता छन् भनेर प्रश्न गर्दै थिए । तर आयोजकहरुसँग यसको कुनै उत्तर थिएन । उनीहरुले उल्टै केही उद्यमीहरुलाई सम्मेलनमा अवरोध पुर्‍याएको आरोप लगाउँदै थिए । साँझसम्म सम्मेलनको आयोजकहरुमाथि धोकाधडीको आरोप सहित प्रहरीमा ऊजुरी पर्यो । डब्ल्यूएससीका आयोजक क्यूओफाउन्डर प्रा. लि.का सह–संस्थापकहरु ल्यूक तलवार र अर्जुन चौधरीले आफूमाथिको आरोपको खन्डन गरे । भारतीय जनता पार्टी (बीजेपी) विरुद्धकाहरुले कार्यक्रम ध्वस्त पारेको भन्दै उनीहरुले प्रहरीलाई बोलाए । यसबारे न त मन्त्रीहरु न त बीजेपीले कुनै विज्ञप्ति जारी गरेको छ । सहभागीहरुको हल्ला खल्लाका कारण गड्कारीको सम्बोधन रद्द गरिएको चौधरीको भनाइ छ । प्रहरीको सुरक्षामा सम्मेलनको बाँकी कार्यक्रमहरुको आयोजना भएको पनि चौधरीले बताए । थोरै नै भएपनि समारोहमा लगानीकर्ताहरु आएको उनको भनाइ  छ । समारोहमा भारतको निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक आईसीआईसीआई बैंक, लगानी कम्पनी युनिकर्न इन्डिया भेञ्चर्स, वित्तीय सेवा प्रदायक कम्पनी बजार फिनसर्भ, अर्बपति व्यापारी अजिम प्रेमजीको निजी इक्विटी कम्पनी प्रेमजी इन्भेष्ट पनि डब्ल्यूएससी आएको चौधरीले बताएका छन् ।  तर कार्यक्रममा सहभागी भएकाहरुले गरेको पिचिङ पनि लगानीकर्ताले नसुनेर अन्य स्टार्ट अपका संस्थापकहरुले नै सुनेको सहभागीहरुको आरोप छ । यसको के अर्थ भयो ? रिसाएका लगानीकर्ताहरुले उल्टै प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा क्रुद्ध सहभागीहरुले डब्ल्यूएससीबारे तितो अनुभवबारे सामाजिक सञ्जालमा पोष्ट गरेका गिए । गूगलको रिभ्यूमा पनि नकारात्मक टिप्पणी छाडिदिए । कयौं कम्पनीहरुले आफूलाई भ्रमित बनाएर प्रायोजन गर्न लगाएको बताएका छन् । यस मामिलामा प्रहरीले अनुसन्धान गरिरहेको भन्दै बीबीसी र बीबीसी हिन्दीमा समाचार छापिएका छन् । यस मामिलामा अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् । एउटा कम्पनीले सम्मेलनको प्रायाजनमा ४५ हजार डलर खर्च गरेको थियो ।  डब्ल्यूएससीको कार्यक्रमहरु देखेर आफू अति नै निराश बनेको अर्को प्रायोजक सफ्टवेयर विकासकर्ता मञ्च Builder.ai ले भनेको छ । उनीहरुले आफ्नो पैसा फिर्ता गर्न आयोजकहरुलाई अनुरोध गरेका छन् । तर आयोजकहरुले यसको उत्तर नदिएको उनीहरुको गुनासो छ । आफूलाई पनि भ्रमित बनाइएको कम्पनीले बताएको छ । अन्य प्रायोजकहरुले पनि यस्तै खालको आशयसहितको ट्विट गरेका छन् ।  प्रदर्शनमा उत्रिएका उद्यमीहरुका कारण कार्यक्रम अस्तव्यस्त बनेको अनि प्रायोजक र इन्फ्लुएन्सरहरु रिसाएको आरोप आयोजकहरुको छ । समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अल्फाबेटका सीईओ सुन्दर पिचाई अनि ट्विटरका प्रमुख एलन मस्कसमेत समारोहमा सहभागी हुने छाप आफूहरुमा परेको केही प्रायोजक र सहभागीहरुको थियो । आयोजकहरुले जनवरीमा यही सम्मेलनमा यी नाम प्रयोग गरेका थिए । सम्मेलनको मिति सरेपछि मार्चको सम्मेलनबाट यी नाम झिकिएको आयोजकहरुको भनाइ छ । यो समारोहलाई इन्डोर्स गर्ने केही  influencers हरुले  भारतको कानून अनुसार जरिवाना तिर्नु पर्ने हुन सक्ने बताइएको छ । रिसाएका उद्यमीहरुले आयोजकमाथि १ करोड २० लाख डलर ठगेको आरोप लगाएका छन् । सहभागी मानिसहरु र स्टार्ट–अपको संख्याका आधारमा सो आकडा निकालिएको हो । तर आयोजकहरुले भने सम्मेलनको कुल आम्दानी यसको एक छेउ पनि नभएको बताएका छन् । यो घोटाला नै भएको भए ढिलासम्मै  किन जारी राख्थ्यौं भन्ने प्रश्न उनीहरुको छ । सो सम्मेलनमा करीब ४ हजार जना सहभागी आएको बताइएको छ । सहभागी कम्पनीहरुले पनि आफूले कति रकम संलकन गरे भनेर खुलाएका छैनन् । तर अहिले सहभागी र आयोजकहरु दुबै एक अर्कामाथि मुद्दा हाल्ने तयारीमा छन् । एजेन्सी