८ सुरक्षित कारमध्ये ६ वटा कारसहित सेफ्टी चार्टमा टाटा मोर्टसको नेतृत्व

पछिल्लो समय गाडी खरिदकर्ताहरुको बीच सवारी सुरक्षा मापदण्डको विषय प्रमुख प्राथमिकतामा पर्ने गरेको छ । सुरक्षा संवेदनशीलतालाई ख्याल नगरी आफूले चाहे अनुसारको डिजाइन, स्टाइल, फिचर र कलर भएको गाडी किन्ने मानसिकतामा परिवर्तन आएको यस अवस्थामा सवारी सुरक्षाको मामलामा जनचेतना बढ्दै गएको छ । स्तरीय सुरक्षा मापनका लागि विश्वभरिकै अटोमोबाइल उद्योगहरु अहिले ग्लोबल एनक्यापमा नै विश्वास गर्छन् । ग्लोबल एनक्यापले सवारी साधनको सुरक्षा मूल्याङ्कनका लागि गाडीहरूको दुर्घटना परीक्षण गरिरहेको हुन्छ । मारुती स्वी

सम्बन्धित सामग्री

कस्ले गर्ला टाटाले छाडेर गएको ६० हजार करोड सम्पतिको नेतृत्व : RajdhaniDaily.com

RajdhaniDaily.com | मुम्बई । भारतका प्रसिद्ध उद्योगपति तथा टाटा सन्सका अध्यक्ष रतन टाटाको गए राती निधन भएको छ । टाटालाई उत्कृष्ट र विश्वव्यापी ब्रान्ड बनाउन उनको योगदानलाई -

गुजरात समिटमा देखिएको भारतको आत्मविश्वास

दक्षिण एशिया पछौटेपनको शिकार भएको छ । संस्थागत भ्रष्टाचार, अस्थिर सरकार र राजनीतिक विवादले गर्दा दक्षिण एशियाका अधिकांश मुलुकको आर्थिक अवस्था तरल देखिएको छ । तर, प्रतिकूल अवस्थामा पनि भारतीय अर्थतन्त्र ७ दशमलव ५ को दरले फड्को मारिरहेको छ । दक्षिण एशियाको ट्रान्जिट प्वाइन्ट भारत नहुन्जेलसम्म यस क्षेत्रको समग्र विकास सम्भव छैन । वर्तमान परिवेशमा विकासको प्रमुुख आधार नै आन्तरिक व्यापार हो । छिमेकको विकासको हावा र हुरीको सकारात्मक प्रभाव रहन्छ । नब्बेको दशकमा भारतमा शुरू भएको खुला अर्थतन्त्रलाई समयानुकूल उपयोग गर्दै अगाडि बढिरहेको छ ।  सन् २०२४ जनवरी १० देखि गुजरातको गान्धीनगरमा ४ गुजरात समिट शुरू भएको छ । यूएईका राष्ट्राध्यक्षले समेत कार्यक्रमलाई महिमामण्डित गरेको छ । यूएईका राष्ट्राध्यक्षलाई उच्च महत्त्व दिनुका अनेकौं आयाममध्ये राजनीतिक आयाम पनि एक हो । काश्मिरमा ३७० धारा हटाउनेबित्तिकै मुस्लिम नेतृत्वको विरोधको स्वरलाई मत्थर गर्न यूएईले काश्मिरमा ठूलो व्यापारिक हब खोल्ने घोषणा गरेको थियो । राममन्दिरको प्राणप्रतिष्ठाको विरोधमा मुस्लिम नेतृत्वहरूको चर्को विरोध भइरहेको बेला मुस्लिम नेतृत्वहरूको आवाजलाई मत्थर गर्न मोदीले मोहम्मद जिन जायदको प्रमुख आतिथ्यलाई एउटा ठूलो क्षेप्यास्त्रका रूपमा प्रयोग गरेका छन् । यूएईबाट वर्षेनि भारतले २५ अर्ब विप्रेषण प्राप्त गर्दै आएको छ । गुजरात समिट संसारका उच्च व्यापारिक घरानाका प्रतिनिधिहरूको सहभागी रहेको छ । १०० भन्दा बढी मुलुकको सहभागिताले कार्यक्रम आर्थिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको छ । कार्यक्रमलाई गेटवे टु फ्युचर (भविष्यको द्वार) को नामकरण गरिएको छ । भारतले आउने २५ वर्षको गुरुयोजनालाई प्रत्याभूत गर्न निवेशकर्ताहरूको महाकुम्भका रूपमा यसलाई लिएको छ । विगतका कानूनलाई विकासमैत्री बनाउन मोदी सरकारले कानूनका ४० हजार धारा र उपधारा खारेज गरेको छ । भारत वैकल्पिक ऊर्जाको खोजीमा छ । विगतका दिनमा भारतको नवीकरणीय उर्जाको क्षमतामा ३ गुणा वृद्धि भएको छ । सौर्य ऊर्जाको क्षमतामा २० प्रतिशत वृद्धि भएको छ । सन् २०१४ मा स्टार्टअपको संख्या १०० जति थियो, २०२३ मा १ लाख १५ हजारभन्दा बढी पुगेको छ । मोदी सरकारको आर्थिक नीतिले गर्दा १३ करोड ५० लाख मान्छे गरीबीको रेखाबाट बाहिर आएका छन् । विमानस्थलको संख्या ७४ थियो, अहिले १४९ पुगेको छ । मेट्रोको संख्यामा समेत तीन गुणा वृद्धि भएको छ । गुजरात समिटका माध्यमबाट सरकारले उच्च व्यापारिक घरानाहरूबाट निवेशको वचनबद्धताको अपेक्षा गरेको छ । कार्यक्रममा रिलायन्स कम्पनीका अध्यक्ष मुकेश अम्बानीले आफ्नो निवेशको घोषणा गुजरात समिटमा सार्वजनिक गरेका छन् । भारतमा १५० अर्ब अमेरिकी डलर लगानी भइरहेको परिदृश्यमा एक तिहाइ लगानी गुजरातमा नै भएको उनले उल्लेख गरेका छन् । हरित विकास र वैकल्पिक ऊर्जाको क्षेत्रमा भारतले विश्व नेतृत्व लिन सक्ने मुकेशले उद्घोष गरेका छन् । सन् २०२६ मा ओलम्पिक खेल आयोजना गर्न आवश्यक पूर्वाधार निर्माणलगायत खेलाडीको प्रशिक्षण र तालीमको जिम्मासमेत रिलायन्स कम्पनीले लिएको देखिन्छ । आउने दिनमा अडानी ग्रूपले संसारको सयभन्दा ठूलो नवीकरणीय ऊर्जा पार्क गुजरातमा निर्माण गर्ने घोषणा गरेको छ । अम्बानी र अडानी ग्रूप निवेशको घोषणा उक्त विराट व्यापारिक मेलामा गरेका छन् । सन् १९३९ मा टाटा गू्रपको उद्भव गुजरातमा नै भएको थियो । टाटा केमिकलको नामबाट शुरू भएका टाटा ग्रूप संसारका कहलिएका व्यापारिक घराना हो । गुजरातको सनान्द भन्ने ठाउँमा २० गिगावाटको ब्याट्री कम्पनी स्थापना गर्ने उसले बताएको छ । सुरक्षा उपकरण र सेमिकन्डक्टरको क्षेत्रमा समेत टाटाले अग्रणी भूमिका खेल्ने संकल्प लिएको छ । सन् २०४७ सम्म ३० खर्ब अमेरिकी डलरको अर्थतन्त्र बन्ने महत्त्वाकांक्षा राखेको भारतका लागि टाटा कम्पनीले आफ्नो शैक्षिक संस्थानबाट प्रतिवर्ष २५ हजार प्रविधि कुशल जनशक्ति तयार गर्नेसमेत घोषणा गरेको छ । संसारमा स्टील उत्पादनको क्षेत्रमा महारथ प्राप्त मित्तल गू्रपले समेत गुजरात समिटमा आफ्नो गुरुयोजना सार्वजनिक गरेको छ । औद्योगिकीकरण, शहरी विकास सुरक्षा उपकरणलगायत वाहन निर्माणमा स्टीलको उपादेयता र उपयोगितामा महत्त्वपूर्ण हुन्छ । गुजरातमा संंसारको सबभन्दा ठूलो स्टील प्लान्ट स्थापना गर्ने दृढता मित्तल कम्पनीका अध्यक्ष लक्ष्मी मित्तलले व्यक्त गरेका छन् । निवेश नै उक्त कार्यक्रमको प्रमुख लक्ष्य रहेको छ । हालसम्म ९९९ अर्ब निवेश भारतमा भइसकेको छ । सन् २०२७ सम्ममा नै विश्वको तेस्रो अर्थतन्त्रका रूपमा भारत हुने कुरा मोदीको दृढताका साथ गुजरात समिटमा उद्घोष गरेका छन् । निवेशमैत्री वातावरण बनाउन नेतृत्वमा उच्च मनोबल अपरिहार्य देखिन्छ । विश्वको दोस्रो अर्थतन्त्र चीन र विश्वको पाँचौं अर्थतन्त्र भारतको बीचमा रहेको नेपालमा निवेशमैत्री वातावरणका लागि संस्थागत भ्रष्टाचारको सिन्डिकेटलाई निस्तेज गर्नुपर्छ । नेपालमा निवेशमैत्री वातावरण बनाउन उच्च मनोबल, आत्मघाती राष्ट्रवादको तिलाञ्जली, स्थायी सरकार र आशावादी सोचको टड्कारो आवश्यकता रहेको छ ।  लेखक विदेश मामिलाका अध्येता हुन् ।

ईभी उत्पादनमा आक्रमक बन्दै भारत, आउँदै १२ नयाँ मोडल

काठमाडौं । भारतीय बजारमा कार उत्पादन गर्दै आएका अधिकांश ब्राण्डले ईभी उत्पादनमा आक्रमक रणनीति बनाएका छन् । विशेषत भारतीय ब्राण्ड टाटाले नेतृत्व गरिरहेको ईभी बजारमा अब धेरै ब्राण्डले प्रबेश गर्ने भएका हुन् । अहिले भारतमा कार उत्पादन गर्ने कम्पनीहरु मध्ये टाटा, महिन्द्रा, एमजी र सिट्रोनले मात्रै ईभी उत्पादन थालेका छन् । यी चार ब्राण्ड बाहेक […]

आठ सुरक्षित कारमध्ये ६ वटा कारसहित सेफ्टी चार्टमा टाटा मोटर्सको नेतृत्व

काठमाडौं । पछिल्लो समय गाडी खरिदकर्ताहरूबीच सवारी सुरक्षा मापदण्डको विषय प्रमुख प्राथमिकतामा पर्ने गरेको छ । सुरक्षा संवेदनशीलतालाई ख्याल नगरी आफूले चाहेअनुसारको डिजाइन, स्टाइल, कलर र फिचर भएको गाडी किन्ने मानसिकतामा परिवर्तन आएको यस अवस्थामा सवारी सुरक्षाको मामलामा जनचेतना बढ्दै गएको छ । स्तरीय सुरक्षा मापनका लागि विश्वभरिकै अटोमोबाइल उद्योगहरू अहिले...

८ सुरक्षित कारमध्ये ६ वटा कारसहित सेफ्टी चार्टमा टाटा मोटर्सको नेतृत्व

काठमाडौं, १८ पुस । टाटा मोटर्सले व्यवसायिक र निजी दुबै प्रायोजनका लागि गाडीहरूको व्यवस्था गरेको छ । निजी गाडीहरूको बारेमा कुरा गर्दा टाटाको आफ्नो न्यु फरएभर रेञ्ज अन्तर्गत टियागो, अल्ट्रोज, टिगोर, ह्यारियर, सफारी, पञ्च, एनआरजी लगायतका अन्य मोडलहरू उपलब्ध गराएको जनाएको छ । टाटाको उत्कृष्ट गुणस्तरीय निर्माणहरूले ग्लोबल एनक्यापद्वारा गरिएको कार क््रयास परीक्षण प्रमाणित फाइभ […]

सेफ्टी चार्टमा टाटा मोटर्सको वर्चस्व, आठमध्ये छ सुरक्षित कारको नेतृत्व

पछिल्लो समय गाडी खरिदकर्ताहरूबीच सवारी सुरक्षा मापदण्डको विषय प्रमुख प्राथमिकतामा पर्ने गरेको छ। सुरक्षा संवेदनशीलतालाई ख्याल नगरी आफूले चाहे अनुसारको डिजाइन, स्टाइल, कलर र फिचर भएको गाडी किन्ने मानसिकतामा परिवर्तन आएको यस अवस्थामा सवारी सुरक्षाको मामलामा जनचेतना बढ्दै गएको छ।

नाडामा चुनावी गर्मीः ठूला घराना २ समूहमा बाँडिए, को कसको पक्षमा ?

अटोमोबाइल व्यवसायीको छाता संगठन नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपालको निर्वाचनको मिति नजिकिएको छ । चुनावको मिति नजिकिएसँगै अध्यक्षका प्रत्याशी द्वय ध्रुव थापा र करणकुमार चौधरी चुनावी दौडमा ब्यस्त छन् ।ठूला व्यापारिक घराना नै २ पक्षमा विभाजित भएपछि यसपटक नाडाको चुनाव प्रतिस्पर्धात्मक हुने देखिएको छ । यद्यपी, अध्यक्ष कृष्णप्रसाद दुलाल अन्तिम समयसम्म सहमतिकै प्रयास जारी रहने बताउँछन् । प्रयासका बाबजुद सहमति नभएको खण्डमा मंसिर २२ ४५औँ साधारणसभाको उद्घाटन र २३ गते निर्वाचन हुनेछ ।चौधरीको साथमा ठूला घरानाको बाहुल्यताकरण चौधरी सुजुकी नेपालको आधिकारिक बिक्रेता तथा चौधरी समूहको सीजी मोटोकर्पका कार्यकारी निर्देशक हुन् । उनी कर्पोरेट हाउसका व्यवसायी भएकाले उनको पक्षमा खुलेका व्यवसायीहरु पनि अधिकांश ठूला घरानाकै छन् । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा पुग्ने भर्याङको रुपमा लिईने नाडाको अध्यक्ष बन्न सके महासंघको राजनीति सुरक्षित हुने भएकाले चौधरीले ठूला घरानालाई हातमा लिएका छन् । चौधरीको समूहमा देशव्यापी ‘नेटवर्क’ भएका व्यवसायीहरु देखिन्छन् । टाटा, बजाज, यामाहा, हिरो, होण्डा सहितका ठुला बिक्रेता चौधरीको समूहमा छन् । हिरोका अभिक ज्योति, बजाजका अभिमन्यु गोल्छा, आईएमई मोटर्सका निशान ढकाल करण चौधरीको पक्षमा छन् ।यति मात्रै नभई, नाडाको वर्तमान कार्यसमितका पदाधिकारीहरु महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, सुरेन्द्र उप्रेती, प्रकाश कपुरी चौधरी प्यानलबाट चुनाव लड्दै छन् ।ध्रुव थापालाई फोर्ड र लक्ष्मी हुण्डाईको भरोसाध्रुव थापा मोफसलबाट नाडाको नेतृत्व हत्याउने प्रयासमा छन् । कर्पोरेट हाउसको कब्जाबाट नाडालाई निकाल्ने र साना तथा मझौला व्यवसायीको प्रतिनिधित्व सुनिश्चित गर्ने लक्ष्यका साथ चुनावी मैदानमा होमिएको बताउने थापालाई केही ठूला घरानाले पनि भरोसा दिएका छन् ।हुण्डाई गाडीको आधिकारिक बिक्रेता तथा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकर श्रेष्ठ उनको समूहमा छन् । लक्ष्मी ग्रुप उद्योग वाणिज्य महासंघका बस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठको हो । अञ्जन नाडाको अध्यक्ष हुँदै महासंघमा पुगेका हुन् ।नाडाको वर्तमान कार्यसमितिका उपाध्यक्ष तथा फोर्ड मोटर्सका आधिकारिक बिक्रेता आकाश गोल्छा पनि थापाको समूहमा छन् । हिट्को प्रा.लिका अध्यक्ष तथा प्रबन्धनिर्देशक प्रदिपमान प्रधान पनि थापाको पक्षमा खुलेका छन् । टीभीएस मोटर्सका दीपक अग्रवाल पनि ध्रुव थापाको पक्षमा खुल्ने सम्भावना देखिएको छ । नाडाको निर्वाचनमा करिब ३१ सय मतदाताले १७ जनालाई मतदान गर्नेछन् । सुरुमा अध्यक्ष र बाँकी १६ जना सदस्यका रुपमा चयन हुनेछन् । १६ जना सदस्यबाट उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षसहितका पदाधिकारी चयन हुनेछन् ।