शक्तिकेन्द्रको चलखेल र नेताहरुको चाकरीले पाकिस्तानी एजेन्ट एसएसपी सिंहको सरुवा रोकियो
महानगरीय प्रहरी परिसर काठमाडौंबाट एसएसपी अशोक सिंहले शक्तिकेन्द्रमा दौडधुप र नेताहरुको चाकरी गरेर सरुवा थमौती गरेका छन् । आकर्षक ठाउँवाट रातारात भैरहवा विमानस्थल सुरक्षा कार्यालयमा सरुवा भएपछि एसएसपी सिंह शक्तिकेन्द्र र ...
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको रुचिअनुसार सचिवालय कर्मचारीले सरुवामा व्यापक मोलमोलाई गर्दै आर्थिक संकलन थालेका छन् । सरुवामा आर्थिक चलखेल हुने रोग भने नयाँ होइन, यो पुरानै परम्परा हो । मन्त्रीका सचिवालयले त्यसलाई पच्छ्याउँदै आर्थिक संकलनमा जुटेका हुन् । मन्त्रालयले पछिल्ला केही दिनयता विभिन्न स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत सरुवा गर्दै […]
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको सचिवालयमा कार्यरत केही व्यक्तिले कर्मचारी सरुवामा चलखेल गर्ने क्रम बढाएका छन् । मन्त्रीको सचिवालयमा कतिपय अनधिकृत व्यक्तिसमेत देखिन थालेका र सरुवाका लागि उनीहरूले नै मोलमोलाई गर्न थालेको मन्त्रालयका कर्मचारीको भनाइ छ । मन्त्रालयका एक कर्मचारीका अनुसार विशेषगरी मधेस प्रदेशका स्थानीय तहलगायत अन्य संघीय कार्यालयमा कर्मचारी सरुवा […]
काठमाडौँ – नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहले प्रहरीको सरुवा बढुवामा अनावश्यक चलखेल बन्द गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महानिरीक्षक सिंहले आफ्नो कार्यकालमा हुने सबै सरुवा/बढुवा उत्कृष्टताको आधारमा गर्ने बताएका हुन्। प्रहरी संगठनभित्र ब्याच छलेर तथा ब्याचका कनिष्ठलाई टिपेर सरुवा र बढुवामा प्राथमिकतामा दिने अवस्थाका अन्त्य हुने पनि […]
काठमाडौं, १५ पुष । औषधि व्यवस्था विभागका तत्कालीन प्रमुख भरत भट्टराईले सरुवा भएको ठाउँमा नपुगी मन्त्रालयमा नै चलखेल गरिरहेको पाइएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नियुक्त गरेका भट्टराईको राष्ट्रिय औषधि प्रयोगशालामा सरुवा भएको थियो । तर उनी सरुवा भएको स्थानमा नगई पुरानै ठाउँमा रहन चलखेल गर्दै आएको पाइएको […]
धनगढी : सुदूरपश्चिम सरकारले कर्मचारी सरुवा गर्न मध्यराति कार्यविधि संशोधन गरेको छ। कर्मचारी सरुवा नियमित रुपमा गरिनुपर्ने भए पनि धनगढी र महेन्द्रनगरमा कार्यरत कर्मचारीहरुलाई आकर्षक कार्यालय र विभागमा ल्याउन चलखेल भइरहेको हो।प्रदेशका सबै मन्त्रालय र तहका कर्मचारीको सरुवा गर्ने अधिकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहत ल्याएर सरुवाको नाममा कर्मचारीमा आतंक फैलाउने काम सरकारले गरिरहेको कर्मचारीले आरोप लगाएका छन्।कर्मचारी सरुवामा प्रक्रिया भन्दा पहँुचको कारण काखापाखा गर्ने काम भएको स
काठमाडौँ । सरकारले कर्मचारी सरुवामा आर्थिक चलखेलको गन्ध आएको भन्दै सम्बन्धित पक्षलाई सचेत गराएको छ । सरुवा, काज तथा कामकाज सम्बन्धी कार्यको अनुरोधका लागि सम्बन्धित कर्मचारीहरूसँगै असम्बन्धित व्यक्तिहरू मन्त्रालयमा आउने क्रम बढ्नुका साथै ‘आर्थिक प्रलोभन एवं चलखेल लगायतका विषयमा समेत गुनासो सुनिएको’ भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई सचेत गराएको हो । कर्मचारीको […]
सरकारी कर्मचारीको सरुवा नियमित प्रक्रिया भए पनि पछिल्लो समय सबैभन्दा धेरै ‘चलखेल’ र चर्चा सरुवामा नै हुने गरेको छ । यति बेला सबैभन्दा धेरै राजनीति हुने सङ्गठन मध्येको एक नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक(डिआइजी)को सरुवा चर्चाले मिडिया तथा सामाजिक सञ्जालका भित्ताहरू मात्रै भरिएका छैनन् कि प्रदेश, हेड क्वाटर र गृह मन्त्रालयको माहौल गरमागरम बनेको देखिन्छ […]