युरोकपमा सट्टाबाजी गर्नेहरु नगद सहित पक्राउ

हाल युरोकप र कोपा अमेरिका कप फुटबल खेलमा अवैध किसिमले बाजी लगाउने भारतीय र नेपाली नागरिकहरु ठूलो मात्रामा रकम, मोबाइलसहित पक्राउ परेका छन् । उनीहरुले अनलाइन काठमाण्डौका विभिन्न स्थानमा सट्टाबाजी गराई खेल खेलाउने गरेका थिए । अनलाइन मार्फत् बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई आफूले लाभ लिइरहेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाटअसार २१ गते खटिएको …

सम्बन्धित सामग्री

सट्टाबाजी गरेको अभियोगमा ८ जना पक्राउ

हाल संचालन भइरहेको युरोकप-२०२० लगायतका खेलहरुमा सट्टाबाजी गरेको अभियोगमा नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइल सहित ८ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा काठमाडौं सुकेधारा बस्ने ५७ वर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, काठमाडौं ढोकाटोल बस्ने ४७ वर्षीय जिवन लामा, काठमाडौं कुलेश्वर बस्ने पर्सा...

युरोकप–२०२० का खेलहरुमा सट्टाबाजी गरेको आरोपमा तीन भारतीयसहित ८ जना पक्राउ

काठमाडौं। हाल सञ्चालन भइरहेको युरोकप–२०२० लगायतका खेलहरुमा सट्टाबाजी गरेको आरोपमा नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइलसहित ८ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौं बस्ने राजेन्द्र श्रेष्ठ प्रधान, जीवन लामा, सुरज टिवडेवाल, गोबिन्दप्रसाद आचार्य, अमरनाथ गुप्ता, भारत घर भएका अशोककुमार गुप्ता, राजेशकुमार अग्रवाल र सुचित डालमिया अग्रवाल छन्। उनीहरुमाथि अनलाइनमार्फत ठूलो रकमको बाजी राख्ने गरेको आरोप छ।

आइपिएल खेलमा सट्टाबाजी गर्ने ११ जना पक्राउ

काठमाडौं। भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग(आइपिएल) लगायतका खेलहरूमा सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंका विभिन्न स्थानबाट आइतबार प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरुबाट सट्टाबाजीमा प्रयोग गरेका १७ थान मोबाइल, नगद २ लाख ९६ हजार रूपैयाँ, डायरी, बेटिङमा हिसाब कितावको लागि प्रयोग भएको कागजात समेत प्रहरीले बरामद गरेको छ।