आइपिएल खेलमा सट्टाबाजी गर्ने ११ जना पक्राउ

काठमाडौं। भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग(आइपिएल) लगायतका खेलहरूमा सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंका विभिन्न स्थानबाट आइतबार प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरुबाट सट्टाबाजीमा प्रयोग गरेका १७ थान मोबाइल, नगद २ लाख ९६ हजार रूपैयाँ, डायरी, बेटिङमा हिसाब कितावको लागि प्रयोग भएको कागजात समेत प्रहरीले बरामद गरेको छ।

सम्बन्धित सामग्री

आइपीएलमा सट्टाबाजी गराउने ११ जना पक्राउ

काठमाडौं : भारतमा जारी आइपीएल लगायतका खेलहरुमा सट्टाबाजी गर्ने ११ जनालाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ।महानगरीय अपराध माहाशाखाको टोलीले ६ जना भारतीय नागरिकसहित ११ जनालाई सट्टाबाजीमा प्रयोग भएको मोवाइल र दुई लाख ९६ हजार नगदसहित पक्राउ गरेको हो। महाशाखाको टोलीले सट्टाबाजी खेलाउने काठमाडौं–३२ झोंछेबाट भारत हिमाञ्चल प्रदेशका ४६ वर्षीय शुसिल जेष्टालाई सुरुमा नियन्त्रणमा लिएपछि सट्टाबाजीको पोल खुलेको हो। प्रहरीले उनलाई खानतलासी गर्दा झोलामा सट्टाबाजीमा प्रयोग भएको दुई