काठमाण्डाै – सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको तथ्याङ्क सच्याएको छ । बुधवार एकैदिन ६ सय १९ जनाको ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक गर्दै अहिलेसम्म ज्यान गुमाउनेको तथ्याङ्क सच्याएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक सार्वजनिक गर्दै आएको विवरणमा कोरोना महामारीको व्यवस्थापन गरिरहेका अरू निकायहरूको तथ्याङ्कको आधारमा अद्यावधिक गर्दा ज्यान गुमाउनेको सङ्ख्या बढेको जनाएको छ ।
यसअघि नै शवको व्यवस्थापन गरिरहेको नेपाली सेनासँग भएको सङ्ख्याभन्दा सरकारले देखाएको मृतकको सङ्ख्या कम भएको विवरण सार्वजनिक भ...